समाचार

बलात्कार र हत्याको विरोधमा पोखरामा चर्को नाराबाजी

Spread the love

पोखरा, १० असोज
दश वर्षीया बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गर्नेलाई कडा कारबाहीको माग गर्दै पोखरेलीहरु सडकमा उत्रिएका छन् । विशेष गरि महिलाहरुको  समुह छोरेपाटनबाट नाराबाजी गर्दैे जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो । आन्दोलित समुहले हत्यारालाई फासीको माग गर्दे प्रहरी प्रशासनको समेत चर्को विरोध गरेको थिए । हत्याको आरोपमा प्रहरीले उनकै छिमेकी कुसुम पौडेललाई मंगलबार राति पक्राउ गरि सकेको छ । फकाउँन खोज्दा नमानेपछि रक्सी र गाँजाको तालमा बलात्कार गरि हत्या गरेको प्रहरी सामु उनले बयान दिइ सकेका छन् ।

सोमबार साँझ ५ः३० बजे घरबाट बिस्कुट किन्न भनेर निस्केकी श्रीयालाई पौडेलले बाटैमा नियन्त्रणमा लिइ बलात्कार गरि हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरेर हत्यारा सार्वजनिक गरेको थियो । हत्यारालाई कानुनी दायँरामा ल्याइ सकेको कास्की जिल्ला प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताएका छन् । ‘कानुनी अनुसार कारबाहीको प्रक्रिया अघि बढाउँछौ,’ उनले भने । आन्दोलित समुहलाई शान्त पार्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

Related Articles

Close