समाचार

बालमैत्री विद्यालय परियोजना निर्माण कार्यशाला

Spread the love

ऋषिराम रानाभाट
माझठाना, २१माघ ।
बालमैत्री विद्यालय परियोजना आवश्यकता पहिचान तथा योजना निर्माण कार्यशाला गोष्ठि सम्पन्न भएको छ । राइट फोर चिल्ड्रन को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले राइट फोर चिल्ड्रनले रत्न शोभा माध्यमिक विद्यालयलाई छनौट गरी बालमैत्री विद्यालय निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिंदै बालमैत्री परियोजना सम्पन्न गर्न विद्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै गरी वडा नं.२८ का वडा सदस्य विष्णु प्रसाद तिवारी, २८ कै वडा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बिका बुढाथोकी लगाएतले विद्यालयका भौतिक, वालअधिकार, शैक्षिक पक्ष लगाएतका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए भने विद्यालयका व्यवस्थापन समितिका सदस्य लालमोहन तिवारीले स्वागत गरेका थिए ।

राइट फोर चिल्ड्रनका कार्यक्रम अधिकृत विष्णु कुमार मल्लले सहजीकरण गरेको सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक गरी तिन समूहमा विभाजन गरी आवश्यकता पहिचान गरी योजना निर्माण कार्यको प्रस्तुत समेत गरिएको थियो. । शिक्षक उदयराज ओझा, सिर्जना लामिछाने, गोपी मायाँ गुरुङ र विद्यार्थी सोचना केसी, रेनुसा जिसी, प्रज्वल तिवारी, ओम प्रकाश तिवारी, अनिसा तिवारी लगाएतले आफ्नो समूहको आवश्यकता तथा योजना प्रस्तुत गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गरेको कुरा शिक्षक पूर्ण बहादुर खत्रीले जानकारी दिए ।

यसै विच सोही विद्यालयमा शिक्षण अभ्यासमा गएका कक्षा १२ शिक्षा शास्त्र संकायका छात्र छात्राहरुलाई एक कार्यक्रमका विच शिक्षण अभ्यास कार्यबाट विदाइ पनि गरिएको थियो । शिक्षण अभ्यासमा सहभागी छात्र छात्राहरुलाई प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले मायाँको चिनो प्रदान गर्दै सफलता पूर्वक अभ्यास शिक्षण पूरा गरेकोमा बधाइ दिंदै अझै मिहेनत गरी अध्ययन गर्न आग्रह गरेका थिए भने विद्यार्थीहरुले विद्यालयलाई मायाँको चिनो समेत हस्तारन्तरण गरेको कुरा अभ्यास शिक्षाणमा सहभागी विद्यार्थी मिलन खड्काले जानकारी दिए ।

Related Articles

Close