समाचार

बन्दिपुरमा पर्यटकमाथि हातपात

Spread the love

तनहु, भदौ १० ।
तनहु जिल्ला बन्दीपुर नगरपालिका अन्तर्गत बन्दिपुर चौरमा पर्यटकमाथि मंगलबार साँझ हातपात भएको छ । मनकामना मन्दिरको पुजा गरी फर्कने क्रममा बन्दिपुरका स्थानिय युवाहरुले पर्यटकको चौरमा पाकिङ गरी राखेको हरियो प्लेटको गाडि नं.ग.१ प.१८८ नं.को गाडीमुनि फुटबल पाङग्रा मुनि परेको निहुँमा महिला माथि हात पात गरी घाइते बनाएको पोखरा महानगरपालिका वडा नं.३० निवासी निर्मल भट्टराइले बताएका छन् ।
बलको पैसा तिर्छौ भन्दा पनि १००÷१५० जनाको जत्थाले सबै पर्यटक माथि हातपात गरेको उनले बताए । सुरक्षा निकायसँग न्याय माग्दा उल्टै पुलि प्रशासनको मिलेतोमा पर्यटक संगिता भट्टराइ, इसान वराल लगाएतका पर्यटकको टाउको र आँखामा चोट लागेको भट्टराइले जानकारी दिएका छन् । प्राकृति सौन्दर्यले भरिएको सुन्दर नगरी बन्दिपुर घुम्न जाने आन्तरिक तथा वाह्य पर्यटकमाथि यसरी समसाँझै हातपात गर्नु निन्दनीय भएको घाइते संगीता भट्टराइले बताइन् । साथै साँघातिक रुपमा आक्रमण गर्नेमाथि कानूनी रुपमा कार्यवाही गर्न पुलिस प्रसासनलाइ उनले आग्रह गरेकी छन् ।

Related Articles

Close