अन्य

वर्षमान पुनको दाबी- गोरखामा बाबुरामले हार्दैछन्

Spread the love

२० कात्तिक, काठमाडौं । माओवादी नेता वर्षमान पुनले गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईले चुनाव हार्ने दाबी गरेका छन् । सो क्षेत्रमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको जित निश्चित भएको पुनले बताए ।

अनलाइनखबरसँग कुरा गर्दै पुनले भने- ‘हामीले बाबुरामजीलाई वाम गठबन्धन अन्तरगत काठमाडौंबाट चुनाव लडाउन खोजेका थियौं, तर उहाँ गठबन्धनबाट भागेर गोरखा २ मा जाने गलत निर्णय गर्नुभयो ।’

पुनले अगाडि भने- ‘गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रको गढ हो, त्यसमा एमालेको समेत साथ छ, त्यसैले माओवादी केन्द्रका शीर्षनेता नारायणकाजीको जित निश्चित छ ।’

पहिलो चरणको मनोनयन दर्ताभन्दा अघिल्लो दिन अनलाइनखबरमा दिएको अन्तरवार्तामा बाबुरामजी संसदमा आउनुपर्छ, त्यसैले उहाँ लचक हुनुपर्छ भनेर आफूले सचेत गराएको पुनले स्मरण गरे ।

उनले भने- ‘मैले सो अन्तरवार्तामै भनेको थिएँ, बाबुरामजी लचक हुनुपर्छ । त्यो भनेको उहाँले गोरखा २ मा आफ्नो अडान लिनुहुँदैन भन्ने थियो, तर उहाँले हार्ने बाटो रोज्नुभयो ।’
आगामी संसदमा नारायणकाजीजस्तो बरिष्ठ नेताको भूमिका अहम रहने भएकाले गोरखा २ मा श्रेष्ठलाई जिताउन पार्टीको सम्पूर्ण ताकत लगाइने पुनले अनलाइनखबरलाई बताए । साथै श्रेष्ठले वाम एकतामा पनि महत्वपूर्ण भूमिका खेलेको हुनाले एमालेको समेत साथबाट जित निकाल्ने उनले दाबी गरे ।

श्रेष्ठलाई एमालेको मात्रै नभएर कांग्रेस र नयाँशक्तिकै कार्यकर्ताको समेत साथ रहेको पुनले दाबी गरे । उनले भने- ‘नयाँशक्तिकै नेता कार्यकर्ताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन्, बाबुरामजीले जित्ने अवस्था छैन ।’

Related Articles

Back to top button