समाचार

वेगनासताल वृहत सरसफाइ कार्यक्रम जारी

Spread the love

लेखनाथ, ५ जेठ ।

पोखरा लेखनाथ ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लवले वृहत वेगनास सरसफाइ कार्यक्रम अन्तर्गत १३ औं सृंखला पूरा गरेको छ । आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धन गर्ने उद्धेश्येले वेगनास युवा क्लब र ग्लोवल आइ एम इ बैंक वेगनास शाखाको संयुक्त आयोजनामा भएको शनिवारको सरसफाइ कार्यक्रममा डाँडाको नाक प्रहरी प्रमुख गोविन्द पुरी, पोखरा लेखनाथ ३१ का वडा अध्यक्ष कमल बहादुर थापा , होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, वेगनासताल महिला समूहकी अध्यक्ष दुर्गा अधिकारी, जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारी, डयाम साइड युवा क्लब, वेगनासताल वजार व्यवस्थापन समिति, मत्स्य व्यवसायिक समिति, ग्लोवल आइ एम वैंक पोखरा न्यू रोड शाखा , सभागृह चोक शाखा, अम्मरसिंह चोक शाखा , शिशुवा सि आर वि सुरक्षा निकाय लगाएतका सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

वेगनसा युवा क्लब को परिसरबाट सरसफाइ शुरु गरिएको कार्यक्रममा वेगनासताल वसपार्क, नहरचोक, वेगनासताल नहर क्षेत्र, मन्दरे पार्क लगाएतका स्थानहरुमा जनचेतना जगाउँदै सरसफाइ गरिएको थियो । १३ औं सृंखला सरसफाइ कार्यक्रमको समापनमा वेगनास युवा क्लबका अध्यक्ष एवम् सरसफाइ कार्यक्रमका अभियन्ता राम बहादुर रानाभाटले १३ औं सृंखला सम्म वेगनास वृहत सरसफाइ कार्यक्रममा सहभागी सम्पूणी सहयोगी संघ संस्था , व्यक्ति विशेषलाई धन्यवाद दिंदै १३ औं सृंखलामा ग्लोवल आइ एम इ बैंक वेगनास शाखाले वेगनास युवा क्लबसँग सहकार्य गरी सहयोग गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबै संघ संस्थाहरुमा सहयोगका लागि आग्रह गरे । ग्लोवल आइ एम इ वैंक वेगनास शााखाका शाखा प्रमुख सुरेस वलीले वेगनासताल वरिपरिको वातावरण स्वच्छ राख्न आफ्नो संस्थाबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गदैै आगामी दिनमा पनि वेगनासताल क्षेत्रको वृहत्तर विकासका लागि विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सड्ने र नसड्ने फोहोर मैलालाई वर्गिकरण गरी व्यवस्थापन गरिएको थियो ।

Related Articles

Back to top button