खेलकुुदसमाचार

दोश्रो वेगनास कप जारी

Spread the love

फागुन १४, लेखनाथ – वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको पाचौं दिन ४ खेल सम्पन्न भएका छन । वुधवार भएको खेलमा आयोजक वेगनास ‘ए’ ले शुन्यका विरुद्ध ५ को फराकिलो गोल गर्दै ईन्द्रेणी युवा क्लवलाई पाखा लगाएको छ। आयोजक वेगनासको जितमा समीर प्रधानको ह्याटि्रक संगै करन पुन र अमृत कुवरले एक एक गोल गरेका हुन्।

यसै गरि सम्पन्न पहिलो खेलमा हिमाल एन्ड रक्ष मेमोरियल ‘ए’ ले ड्यामसाईड क्लवलाई टाईब्रेकरमा ३ – २ को नतिजा निकाल्दै अर्को चरण प्रवेश गरेको छ। २- २ को वराबरीमा रोकिएपछी खेल टाईब्रेकरमा पुगेको थियो।

निकै प्रतिस्पर्धात्मक खेलमा हिमाल एन्ड रक्ष मेमोरियल ‘बि’ ले बौद्ध शान्ति क्लव रामघाट लाई शून्यका विरुद्ध २ गोलले पाखा लगाउदै क्वाटर फाईनल प्रवेश गरेको छ । उसको जितमा प्रदिप गुरुङले एक गोल गरे भने बौद्ध शान्तिले एक गोल उपहार दिएको थियो।

त्यस्तै अर्को खेलमा सबिन मेमोरियलले योङ्ग स्टार माथी शुन्यका विरुद्ध २ गोल गर्दै अर्को चरण प्रवेश गरेको छ।
उसको जितमा अभिनास तामाङ र प्रशन्न श्रेष्ठले एक एक गोल गरेका हुन्।
निकै उत्कृष्ट खेल खेलेको योङ स्टारले गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि समयमा स्कोर गर्न नसक्दा पराजय भोग्नु परेको हो।

प्रतियोगितामा बिजयी सम्पुर्ण टिम क्वाटरफाईनल प्रवेश गरेका छन् भने बिहिवार क्वाटरफाईनका खेल हुने कार्यक्रम संचालक सचिन रानाभाटले जानकारी दिएका छन् ।

यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन । प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ / ५ हजार प्राप्त गर्नेछन् ।

Related Articles

Check Also

Close
Close