खेलकुुदसमाचार

दोश्रो वेगनास कप सुरु,

खेल क्षेत्रले आर्थिक विकासमा सहयोग पुग्नेः सांसद कोइराला

Spread the love

फागुन १०, लेखनाथ
विकास,अनुशासन र गतिशीलताभन्ने उद्देश्यका साथमहाशिवरात्रीको अवसरमा पोखरा ३१ वेगनासतालकिनारमा शनिवार देखि दोश्रोबेगनास खुला सेभेन ए साईड फुटवल प्रतियोगितासुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा वेगनास समूह बि ले टाई बेकरमा ओसियनजिमलाई ३ का विरुद्ध ४ गोल पराजितगर्दैअर्को चरणमा प्रवेश गरेको छ। त्यस्तै अर्को खेलमा ईन्द्रेणी एफ सि समूह बि ले शान्तिदिप बि लाई १ का विरुद्ध २ गोलले हराउदाशिशुवाएफ सि ले दिव्यज्योतीयुवाक्लवलाई २१ को अन्तरमा पाखालगाउदै अर्को चरणमा प्रवेश गरेका हुन्।
बेगनास युवाक्लवको आयोजनातथा स्थानियविभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद एवम् अर्थ तथाविकास समितिका सभापतिदिपक कोइरालाले खेल क्षेत्रको विकासले समग्र देशको आर्थिक क्षेत्रको विकास हुने भन्दै खेलकुदले भविष्यमा राष्ट्रिय खेलाडीउत्पादन गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रले सम्बन्धित स्थानको पर्यटन प्रवद्र्धनको विकास गर्नुका साथै स्थानको पनिपहिचानहुने बताए ।
यसै गरी पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्षकमलबहादुर थापा, ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगत बराल, लेखनाथउद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, बेगनासताल पोखरा यातायात प्रालिका संस्थापक अध्यक्ष एवम् वेगनास युवा क्लबका पूर्व अध्यक्ष कृष्ण प्रसाद ढुंगाना लगायतले मानिसको जीवनमा खेलको महत्वकावारेमा बोलेका थिए । वेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाटले स्वागत गर्दै वेगनास युवाक्लबले गरेका सामाजिक कार्यका वारेमा जानकारी गराउँदै कार्यक्रम माथि प्रकाशपारेका थिए । क्लबका उपाध्यक्ष निराजन बरालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन सचिन रानाभाटले गरेका थिए ।
प्रतियोगितामा आईतवार ६ वटा खेल हुने टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिए।३२ समुहको सहभागीता रहेको प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ।

Related Articles

Close