खेलकुुदसमाचार

बेगनास किनारमा दोश्रो बेगनास सेभेन ए साईड फुटबल जारी

Spread the love

१३फागुन, लेखनाथ – वेगनास तालकिनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको चौथो दिन ४ खेल सम्पन्नभएका छन्। मंगलबार भएको पहिलो खेलमाआयोजक वेगनास बि ले ईन्द्रेणी युवाक्लवलाई २ – १ गोल अन्तरले पराजित गरेको छ। वेगनासको संघर्षपुर्ण जितमा सौगातथापा र बिज्ञान कोईरालाले समान १÷१ गोल गरेका हुन् भने जवाफमा ईन्द्रेणीले सान्त्वना १ गोल फर्काएको हो।
निकै प्रतिस्पर्धात्मक खेलमाशिशुवाएफ सि ले एनजिवाई सि गगनगौडा शून्यका विरुद्ध २ गोलले पाखालगाउदै क्वाटर फाईनलप्रवेश गरेको छ। त्यस्तै अर्को खेलमा वेगनास रेडले हिमाल एन्ड रक्ष मेमोरियल माथिशुन्यका विरुद्ध ५ गोलको फराकिलो जितदर्ता गर्दै क्वाटर फाईनलप्रवेश गरेको छ। आयोजक वेगनास रेडको जितमा सचिन गुरुङ्गले व्यक्तिगत २ गोल गरेका थिएभने क्याप्टेन रबि थापा, समीर कार्की र सन्तोष गुरुङ्गले समान एक एकगोल गरेका हुन् । यो प्रतियोगिता कै फराकिलो जित रहेको छ।
प्रतियोगिताको अर्को खेलमाआयोजक वेगनास सि राईजिङ्ग स्टार युथक्लव संग १ का विरुद्ध २ गोल अन्तरले आफ्नै मैदानमापराजितभएको छ। पहिलो हाफमापेनाल्टी मार्फत गोल गरेको राईजिङ्गले दोश्रो हाफमाअर्को गोल थप्दै जित सुनिश्चित गरेको थियो। वेगनासको तर्फ वाट सुरज क्षेत्रीले सान्त्वना १ गोल गरेका थिए। गोल गर्ने धेरै अवसर सिर्जना गरे पनि समयमागोल गर्न नसक्दाआयोजक वेगनासले पराजयभोग्नु परेको हो ।
प्रतियोगितामाबिजयी टिम क्वाटरफाईनलप्रवेश गरेका छन् भने प्रि क्वाटरका बाँकी ४ खेल बुधबार हुने कार्यक्रम संचालक सचिन रानाभाटले जानकारी दिएका छन्।
यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमादर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवकाअध्यक्ष रामवहादुर रानाभाटले वताएका छन्। प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सयपचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ। प्रतियोगितामाउत्कृष्ट खेलाडी, उच्चगोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ ÷ ५ हजार प्राप्तगर्नेछन् ।

Related Articles

Back to top button