समाचारसमाजस्थानीय

बेगनास कोट भैरब क्षेत्र बिकास सस्थाको अध्यक्षमा पून रानाभाट

Spread the love

पोखरा, २४ असोज ।
बेगनास कोट भैरब क्षेत्र विकास संस्थाको सातौं साधारण सभा एवम् चौथो अधिवेशनले आगामी कार्यकालका लागि पून भुपेन्द्र रानाभाटलाई अध्यक्षमा निर्बिरोध निर्बाचित गरेको छ । यसै गरी संस्थाको उपाध्यक्षमा नर बहादुर भुजेल, सचिबमा कृष्ण बहादुर सापकोटा, कोषाध्यक्षतामा विष्णु पाण्डे, सह सचिवमा दुर्गा अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
यस गरी सदस्यहरुमा गणेश बहादुर थापा, छविलाल कंडेल, नारायणदत्त राजभाट, लिला पाण्डे, कालिका सापकोटा, विर बहादुर परियार रहेका छन् । अधिवेशनले लोक नाथ पाण्डे, शोभाखर पाण्डे, बद्रिनाथ कंडेललाई सल्लाहकारमा चयन गरेको छ भने आन्तरिक ल्ेखा परिक्षेकमा यदुनाथ पाण्डेलाई चयन गरिएको छ ।
यस अघ कार्यक्रममा वोल्दे वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापाले आफ्नो कार्यकालमा केही काम भएको र धेरै काम गर्न बाकी रहेको बताउँदै वडाको बिकासमा आफूले सक्दो पहल गर्ने बताउनु भयो । वडा कार्यालयको आफ्नै भवन बन्न लागेको जानकारी गराउँदै बराह मन्दिरको डिपिआर तयार हुन लागेको बताउनु भयो । कार्यक्रममा नगर सभाका सदस्य चतुरे विक, वडा सदस्य पूर्णखर पाण्डे, ढकनाथ कंडेल, लोकनाथ पाण्डे, केदारनाथ अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष भुपेन्द्र रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन आन्तरिक लेखा परिक्षक यदुनाथ पाण्डेले गर्नु भएको थियो भने सचिव कृष्ण प्रसाद सापकोटाले स्वागत गर्नु भएको कुरा श्रीराम कंडेलले गाउँले मिडियालाई जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close