समाचारसमाजस्थानीय

वेगनासतालमा पहिरोले क्षेति

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २३ भदौ ।
गए राती परेको अविरल वर्षाका कारण साविक पोखरा महानगरापलिका वडा नं. ३१ बेगनासताल ढोडामा पहिरोले क्षेत्रि पुरयाएको छ ।
पोखरा महानगरपालिका वडा नंं ३१ बेगनासताल स्थित ढोडाँमा पहिरो आइ गोविन्द जलारीको घर र माटरसाइकल पहिरोले पुरेको छ । त्यस्तै गरी सोही स्थानका कृष्ण तिमिल्सिनको टौवा र भौसी बाध्ने गोठ पनि पहिरोले पुरेको छ । यसै गरी लाल बहादुर जलागरीको घरको भान्छा कोठा पनि पहिरोले पुरेर क्षेति पुरयएको छ । यसै गरी सोही स्थानमा रहेका सुमन पाण्डे, राजेन्द्र बराल, मनिका जलारीको घरहरु जोखिममा रहेको स्थानिय सुवर्ण आचार्यले बताएका छन ।
यसै गरी सुवर्ण आचार्य, गंगा थापा, सूर्य थापा, ढिल्लिराम सुवेदी, गंगाराम सुवेदी, बलराम ढकालको घर डुवानमा परेको छ ।
दैनिक रुपमा प्रयोग गरिने भाँडाहरु, धान , कपडाहरु बाढीले क्षेती पुरयाँउदा सो स्थानमा करीब ३५ लाखको क्षेति भएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा नं.३१ सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् । लेखनाथमा ३०४.६ मिलिमिटर पानी परेको पनि तिमिल्सिनाले बताए ।
यसै विच पोखरा ३२ सातमुहाने खुदिखोलामा बाडीले केही ठाउँमा भत्काएको र शिशुवा र रुपा गाउँपालिका जोड्ने सडकमा अवस्थित पक्कि पुल जोखिम मा रहेको र सातमुहाने गगनगौंडा सडक खण्ड अवरुद्ध भएको स्थानिय सिमा थापाले जानकारी दिएकी छिन् ।
यसै विच कास्कीको रुपा गाउँपालिका वडा नं ६ स्थित बराहथोकमा पहिरो जाँदा २० वर्षीय युवती सिर्जना बिकको मृत्यु भएको छ ।
रुपा गाउँपालिकामा पहिरोमा परि २० वर्षीय युवतीको मृत्यु
यसै विच कास्कीको रुपा गाउँपालिका वडा नं ६ स्थित बराहथोकमा पहिरो जाँदा २० वर्षीय युवती सिर्जना बिकको मृत्यु भएको छ ।
गएराती आएको पहिरोले हरि बिकको घर बगाउँदा उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । पहिरोका कारण दुइ घर उच्च जोखिममा रहेको उनले बताए ।

Related Articles

Close