समाचारस्वास्थ्य

बेगनास क्षेत्र फोहोर मैला मुक्त बनाउने बेगनास युवा क्लबका अध्यक्ष रानाभाटको दृढता

३३ औं हप्ताको वेगनास बृहत सफाई सम्पन्न

Spread the love

लेखनाथ, ११कार्तिक ।
बेगनास बृहत सफाई अभियानको ३३ औं हप्ता शनिबार सम्पन्न भएको छ। शनिबारको कार्यक्रममा क्लव भवन देखि ड्यामसाईड वसपार्क नहरचोक र वडा नं ३० को सिमाना सम्म राखिएका डस्विनमा रहेको फोहोर संकलन गरी व्यवस्थापन गरीएको अभियानका अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष राम बहादुर रानाभाटले गाउँले मिडियालाइ जानकारी दिए।
३३ औं हप्ताको कार्यक्रमलाई लेखनाथ उद्योग वाणिज्य संघले पनि साथ दिएको छ। ३३ औं हप्ता सम्म आईपुग्दा समाजमा फोहोर गर्न हुदैन भन्ने धेरै जनचेतना आईसकेको र यसलाई अझै निरन्तरता दिएर वेगनासताल वरपर फोहोर मेैला मुक्त क्षेत्र बनाइ छाड्ने रानाभाटले दृढता व्यक्त गरे । नमुना वेगनास तथा सौन्दर्य बेगनासको अवधारणा ल्याइ आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने पनि उनले बताए ।
क्लबका पदाधिकारी तथा सदस्यहरु लगाएतको वाक्लो उपस्थिति रहेको कार्यक्रममा शुरुआत देखि नै साथ दिदै आएका होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ, वेगनास महिला समूह, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, बेगनासताल वस संचालक समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, नमुना टोल विकास संस्था लगाएतको सहभागिता रहेको क्लवका सचिब रोशन खनालले जानकारी दिए।

Related Articles

Close