खेलकुुदसमाचार

वेगनास किनारमा दोश्रो वेगनास कप जारी, आईतवार ६ खेल सम्पन्न

Spread the love

११ फागुन, लेखनाथ
वेगनास तालकिनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको दोश्रो दिन ६ खेल सम्पन्न भएका छन्। आईतवार भएको पहिलो खेलमा एनजि वाई सि ले खेलको पहिलो मिनेटमै १ गोल हानेर पावर जिमलाई दबाबमा राखेको थियो। त्यसको केही मिनेटमै पावर जिमले अर्को गोल गर्दै खेल वराबरीमा ल्याएको थियो। दुई गोलको वराबरीले गर्दा खेल टाईबेकरमा पुगेको थियो। टाईवेकरमा ५ का विरुद्ध ६ गोलगर्दै एन जिवाई सि अर्को चरण प्रवेश गरेको छ।
त्यस्तै अर्को खेलमाहिमाल एन्ड रक्ष मेमोरियल ए ले नौलो तारा क्लवलाई शुन्यका विरुद्ध ३ गोलले सहजै हराउदा हिमाल एन्ड रक्ष मेमोरियल सि ले वेगनासताल मत्स्यब्यबसायी संग कठिन ३ – २ को जितनिकालेको थियो।
प्रतियोगिताको चौथो खेलमा मार्ली एफ सि ले वाक ओभर दिंदा बौद्ध शान्ति युवाक्लव सिधै अर्को चरण प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा शुक्ला गण्डकी क्लवलाई बेगनास रेडले ३ शुन्यगोल अन्तरले सजिलै पाखा लगाउदा राईजिङ स्टारले शान्तिदिप माथी ३ २ को कठिन जित हातपारेको छ। पहिलो हाफ गोलरहित वराबरीमा सकिए पनि दोश्रो हाफको केही मिनेटमै शान्तिदिपले एक गोल गर्दै अग्रता लिएको थियो। तर उसको अग्रता केही मिनेटमा राईजिङले एक गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। दुबै तर्फवाट कुनै गोल हुननसके पछि खेल टाईब्रेकरमा पुगेको हो।प्रतियोगितामा सोमबार ६ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।
यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख्य साथ र सहभागीता रहेको क्लवका अध्यक्ष रामवहादुर रानाभाटले वताएका छन्। प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सयपचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्चगोल कर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५ ÷ ५ हजार प्राप्तगर्नेछन् ।

Related Articles

Close