समाचार

बेगनासतालमा माछाका भुरा

Spread the love

लेखनाथ, ८फागुन ।
बेगनासताल मत्स्य ब्यवसायी समितिले आफनो पेशामा सहयोग पुग्ने उदेस्यले विभिन्न जातका माछाका भुरा छोडेका छन् ।
माछा मारेर आफनो जिविका निभाउदै आएका जलारी समुदायले समिति मार्फत संकलन गर्दै आएको रकमबाट माछाका भुरा खरिद गरि तालमा छोडेका हुन् । समितिले तालबाट निकालिएका माछामा प्रति केजी १० रुपियाँ संकलन गरि सोही रकमवाट प्रत्येक वर्ष माछाका भुरा छोड्दै आएको छ ।
सोही क्रममा विहिवार समितीले विगहेड जातका करिव तीन सय केजी भुरा एक कार्यक्रमका विच तालमा छोडेका छन् । समितिले यस अघि विभिन्न समयमा करिव ४० लाख रुपियाँ वरावरका भुरा खरिद गरि तालमा छोडी सकेको समितिका अध्यक्ष राजेन्द्र जलारीे जानकारी दिएका छन् । जलारी समुदायको आय आर्जनमा सहयोग पुग्ने गरि वार्षिक रुपमा विभिन्न जातका माछाका भुरा तालमा छोड्दै आएका छन् । यसैक्रममा समितिको अग्रसरतामा सिल्भर कार्प,विगहेड र भाकुर जातका माछाका भुरा छोडेको समितिका सल्लाहकार झलक जालारीको भनाई रहेको छ ।

Related Articles

Close