समाचारसमाजस्वास्थ्य

बेगनासतालमा एक पुरुषको शव फेला

Spread the love

लेखनाथ, २० भदौ ।  पोखराको बेगनासतालमा तैरिरहेको अवस्थामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतक चितवन कल्याणपुर घर भइ हाल पोखरा महानगरपालिका -३० बस्दै आएका वर्ष ३१ का विनोद राना मगर रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार पौडी खेल्न जान्छु भनेर कोठाबाट हिँडेका मगर घर फर्केर नआएपछि खोजतलास गरिएकोमा आज शनिबार अन्दाजी ११:३० बजेको समयमा बेगनासतालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको हो ।

पोखरामा मजदुरको काम गर्दै आएका उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close