समाचार

वेगनासताल वराह मन्दिर परिसरमा वृक्षारोपण सम्पन्न

Spread the love

बेगनासताल , असार २१ ।
हिन्दु परोपकार महासंघ कास्कीको सहयोग तथा वेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा पोखरा लेखनाथ ३१ व्ेगनासताल वराह क्षेत्रमा वृक्षा रोपण सम्पनन भएको छ । वेलपत्र, पिपल, वर लगाएतका १६ जातीका विरुवाहरु रोपिएको थियो । वेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष सोमराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विश्वहिन्दु परोपकार महासंघ कास्कीका अध्यक्ष मदनमणी भण्डारीले वराह मन्दिरलाइ व्यवस्थित बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्दिर व्यवस्थापन समितिका भुतपूर्व अध्यक्ष तथा वेगनासताल डुंगा व्यवसायी समितिका पूर्व अध्यक्ष ढकनाथ कंडेलले मन्दिरको पृष्ठभुमीको वारेमा चर्चा गरेका थिए । हिन्दु परोपकार महासंघका सदस्य महेन्द्र कार्कीले समापन गरेका थिए भने वेगनासताल डुंगा व्यवसायी समितिका सचिव पुष्पराज पाण्डेले कार्यक्रम सन्चालन गरेका थिए ।

Related Articles

Close