मनोरञ्जनसमाचार

बेगनासतालमा विराट ज्ञानमहायज्ञ आज देखि शुरु हुँदै

Spread the love

लेखनाथ, २२ मंसिर ।
कास्कीको पोखरामा रहेका तालहरु मध्ये दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा विकासका पूर्वधार निर्माण गरि उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य वनाउने र सकरात्मक कुराको ज्ञान दिने उदेश्यले बेगनासतालमा विराट ज्ञानमहायज्ञ आज शनिवार देखि शुरु हुँदै छ । बेगनासताल क्षेत्रमा बिभिन्न कालखण्डमा पानीमा डुबेर असामयिक निधन भएका व्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै पितृउद्दार धार्मीक कार्य अन्र्तगत महायज्ञ गर्न लागिएको आयोजकले बताएको हो ।
पोखरा ३१ बेगनासतालको मन्दरेपार्कमा पानी माथी नै स्टेज बनाएर मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा हुने श्रीमद भागवत विराट ज्ञानमहायज्ञमा दिंवगत व्यक्तिका परिवारजनहरु कर्ताको रुपमा पूजामा संलग्न हुन पाउने व्यवस्था पनि महायज्ञमा गरिएको आयोजकले बताएको छ। भागवत भाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट संगितमय प्रवचन हने उक्त महायज्ञ अन्तर्गत २२ गते विहान पूर्वाङ्ग तथा कलशयात्रा, हरेक दिन विहान ७ देखी ११ बजेसम्म नित्य पूजाअर्चना, पूर्वान्न ११ बजेदेखि अपरान्ह ४ बजेसम्म कथावाचन, अपरान्ह ४ः१५ बजे आरती, अपरान्ह ४ः४५ बजे प्रसाद ग्रहण, प्रत्येक दिन साँझ ५ः३० बजे महाआरती , मंसिर २८ गते अपरान्ह दिप प्रज्वलन, र मंसिर २९ गते अपरान्ह समापन गरिने छ । त्यसैगरी दान उद्घोषण, संकलन, मानसम्मान एवं सुसोभन कार्यक्रम महायज्ञ अवधिभर गरिने पनि महायज्ञ मूल आयोजक समितिले जानकारी दिएएको छ ।

Related Articles

Close