समाचार

बेगनासतालमा डुंगा दुर्घटना हुदा मृतकको संख्या ८ पुग्यो

Spread the love

लेखनाथ, २४ भाद्र
बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । उनीहरु सगँ मृत्यु हुनेको संख्या ८ पुगेको छ । पोखरा ३१ बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी नजिकै शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना हराइरहेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी गर्दा हराइरहेका सबै ६ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारबाट गोताखोर टोली पोखरा ल्याइएको थियो । प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रेको शव आइतबार फेला परेको हो । यो सँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । रवि खनाल नेपाली सेनाका प्यूठ हुन्। खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए ।
दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी बजगाई र भिमाद नगरपालिका ५ बुडुवा एकले निवासी बर्ष ३७ की जमुना कडेल गैरेको यसअघिनै मृत्यु भइसकेको थियो । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो । शनिबार दिउँसो बेगनासतालको डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासताल पार गर्ने क्रममा दुर्घटना भएको थियो ।

Related Articles

Close