अर्थ खबरमनोरञ्जनसमाचार

वेगनासतालमा हुने श्रीमद् भागवत बिराट ज्ञानमहायज्ञको तयारी तिब्र

Spread the love

लेखनाथ , कार्तिक ३० ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा मंसिर २२देखि२९सम्म बेगमासतल किनारमा पितृउध्दार कार्य का लागि संचालनहुन गइरहेको बिराट ज्ञानमहायग्यको तयारीलाइ तिर्ब पारिएको छ । बेगनासतालमा रहेको पुरानो र स्थापित संस्था बेगनास युबा क्लबमा रहेको सचिवालयमा विभिन्न उपसमितिका बैठक सम्पन्न भएको छन् । महायज्ञ अबधिभरका लागि कार्यसन्चालन का लागि सचिवालयको लागि क्लबले आफ्नो भवन उपलब्ध गराएको छ।
बिराट ज्ञानमहायग्य सन्चालन मुलसमितिका संयोजक डिल्लीरमण तिवारीको अध्यक्षतामा कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । महासचिव, उपमहासचिव, कोषाध्यक्ष लगाएको उपस्थिति रहेको कार्य सम्पदान समितिको बैठकले सम्झौता विना कुनै पनि आर्थिक कारोबारको भुक्तानी नगर्ने निर्णय गरेको छ । यसै गरी अर्थ उपसमितिको बैठक कोषाध्यक्ष गंगााम सुवेदीको अध्यक्षतामा वसी लेखालाइ पादर्शी गर्ने निर्णय गरेको छ । बोलकबुल गरेको रकमको रसिद नकाट्ने निर्णय भएको कोषाध्यक्ष सुवेदीले बताए । प्रत्येक दिनको आर्थिक रकम बैंकमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।
यसै गरी मात्रृशक्ति परिचालन उपसमितिको बैठक संयोजक शान्ति खनालको अध्यक्षमा , जेष्ठ नागरिक उपसमितिको बैठक नन्द प्रसाद तिवारीको अध्यक्षतामा , धार्मिक संघ संस्था उपसमितिको बैठक ध्रुव न्यौपानेको अध्यक्षतामा , पंण्डित व्यवस्थापन उपसमितिको बैठक भोला मणी गौतमको अध्यक्षतामा सम्पन्न भएका छन् । उपसमितिका बैठकहरुले आफ्नो मातहतको कार्य सम्पादन गरी विराट ज्ञान महायज्ञलाइ सफल पार्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसै गरी यही मंसीर ४ गते मंगलबार विहान ८ बजे सचिवालय वेगनास युवा क्लबको सभाहलमा प्रथम पत्रकार सम्मेलन गरिने मिडिया संयोजक भरत प्रसाद तिवारीले जानकारी दिए । त्यसै गरी महायज्ञ सम्बन्धि समाचार सम्पादन गरी विभिन्न मिडियाहरुलाइ उपलब्ध गराउन गाउँले मिडिया डट कमका सम्पादक ऋषिराम रानाभाटलाइ समाचार प्रमुखको जिम्मेवारी दिइने निर्णय समेत भएको मिडिया संयोजक तिवारीले बताए ।

Related Articles

Close