समाचार

बेगनासतालमा २७ जनालाई राहत वितरण

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २५ जेठ ।
पोखरा महानगरापालिका वडा नं.३१ बेगनासतालमा राहत वितरण कार्य जारी रहेको छ । वेगनासतालका स्थानीय युवाहरुले वडा कार्यलयको समन्वयमा राहत वितरण व्यवस्थापन समिति गठन गरी अति विपन्न परिवारलाई राहत वितरण कार्य जारी राख्दै आज आइतबार २ जना र्गभवत महिला सहित २७ जना अति विपन्न परिविारलाई राहत वितरण गरेका हुन् ।

कोरोनाभाइस (कोभिड १९) को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने र अतिविपन्न घर परिवारका लागि पोखरा ३१ बेगनासतालका स्थानिय युवाहरुको सक्रियतामा आफैले आर्थिक रकम संकलन गरी गत बैशाख २८ गते देखि ३१ गते सम्म विहान र बेलुका गरी बेगनासताल वरपरका १ हजार ४२२ जनालाई तयारी खाना खुवाइएको संयोजक निराजन बरालले बताए ।

यसै गरी गत जेठ ३ गते देखि विभिन्न चरणमा राहत वितरण कार्य गर्दै आइतबार पोखरा ३१ पचभैया, नहरचोक, पिप्ले, एकान्तकुना, बेगनासताल लगाएतका स्थानमा वसोवास गर्ने अति विपन्न परिवारलाई चामल १० केजी, दाल १ केजी, नून १ पोका, तेल आधा लिटर, सावन वितरण गरिएको थियो । पोखरा ३१ निवासी भुवन र शिव श्रेष्ठका अष्टे्रलियामा वसोवास गर्ने छोरा सुवास श्रेष्ठले अष्ट्रेलियामा समन्वय गरी रु २४ हजार सयहोग गरे वापत श्रेष्ठका वाबा भुवन श्रेष्ठ र आमा शिव कुमारी श्रेष्ठद्धारा राहत सामग्री हस्तान्तरण गरेका कार्यक्रम संयोजक निराजन बरालले जानकारी दिए ।

युवाहरुको मानविय सेवाको कार्यमा आर्थिक सहयोगी दाताहरुलाई संयोजक नराजन बरालले धन्यवाद दिंदै युवाहरुको मानविय सेवाको कार्यलाई आगामी दिनमा पनि सहयोग गर्न व्यक्ति विशेष, सामाजिक संघ संस्थाहरुलाई आग्रह समेत गरे ।

यसै गरी युवाहरुकै सक्रियतामा आजै नहरको दायाँ वायाँ सरसफाइ गरी फोहोर मैला संकलन गरी व्यवस्थापन समेत गरिएको सो राहत वितरण समितिका सदस्य प्रकाश बरालले बताए ।

Related Articles

Back to top button