समाचारस्वास्थ्य

३२औं हप्ताको वृहत बेगनासताल सरसफाई सम्पन्न

Spread the love

लेखनाथ, असोज २७ ।
सामाजिक कार्यक्रमा क्रियासिल पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले ३२ औं हप्ताको वृहत वेगनासताल सरसफाइ कार्यक्रम शनिवार सम्पन्न गरेको छ । वृहत वेगनासतालको वृहत सरसफाई अभियानको ३२ औं हप्ताको कार्यक्रममा वेगनासतालको मन्धरेपार्क, ड्याम साइड तथा नहरमा सरसफाइ गरिएको हो ।

स्थानियवासीलाइ वातावरणको महत्वको वारेमा जाकारी गराउँदै आफ्नो टोलमा आफैले सरसफाइ गर्न क्लबका अध्यक्ष एवम् सरसफाइ अभियनता राम बहादुर रानाभाटले आग्रह गरेका थिए । वेगनासताल क्षेत्रलाइ फोहोर मैला मुक्त बनाउने आफ्नो उद्धेश्य भएकाले आगामी दिनमा पनि साथ र सहयोग गर्न उनले सबैमा आग्रह गरे । वेगनासताल क्षेत्रमा राखिएका डस्ट्विनहरुमा जम्मा भएको फोहोर मैला समेत जम्मा गरी व्यवस्थापन गरिएको थियो ।

कार्यक्रममा युवा क्लबका पदाधिकारी एवम् सदस्यहरु , शिशुवा सि आर वि, लायन्स क्लब अफ लेखनाथ सिमसार लगाएतको सहभागीता रहेको थियो । वृहत वेगनासताल सरसफाइ अभियान साप्ताहिक रुपमा निरन्तर चलिरहने र आगामी सफाइ अभियानमा पनि सहभागी हुन क्लबका सचिव रोशन खनालले सबैमा आग्रह गरे ।

Related Articles

Close