समाचार

बेगनासतालमा पौडी खेल्ने क्रममा युवको मृत्यु

Spread the love

लेखनाथ, साउन ६ ।
बेगनासतामा पौडी खेल्ने क्रममा आईतवार दिउसो पानीमा डुवेर एक युवकको मृत्यु भएको छ । बेगनासतालको स्याखुदीमा तीन जना साथी सहित माछा मार्नका लागि गएका पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ टुटुङा निवासी ३१ वर्षिय प्रकाश गुरुङको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । स्थानियबासी र साथीहरुले ताल तर्फ पौडी नखेल्नका लागि अनुरोध गरेपनि पौडी खेल्दै तालमा पुगेका गुरुङ फर्कने क्रममा पानीमा डुवेर मृत्यु भएको स्थानीवासीले बताएका छन् । घटना लगतै स्थानियबासी र उद्धारका लागि शिसुवा सि आर पीको टोली घटना स्थल पुगी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याउदा उनको मृत्यु भईसकेको अस्पताल स्रोतले जनाकारी दिएको छ ।

Related Articles

Close