समाचार

बेगनासतालमा उपभोक्ता भेला सम्पन्न

Spread the love

लेखनाथ, असोज ३ ।
पोखरा लेखनाथ ३१ बेगनासताल आसपासको १०० मिटर क्षेत्र भित्र जग्गा जमीन भएका उपभोक्ताहरुको भेला मन्धरे पार्कमा सम्पन्न भएको छ । भेलामा बुद्धिजिवी नन्द प्रसाद तिवारीले सरोकारवालाहरुको रोहवरमा बैज्ञानिक र व्यवहारिकरुपमा बेगनासताल वरपर रहेको जग्गाको मापदण्ड कायम गरिनुपर्ने बताए ।
महानगरपालिकाले १०० मिटर मापदण्ड कायम गरेको कुरा सुन्न आएको बताउँदै महानगरपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको तिवारीले बताए । उपभोक्ताहरुको जायज मागलाइ सरकारले सम्बोधन नगरे कानूनी प्रकृयामा जाने पनि तिवारीले बताए ।
त्यस्तै गरी डाक्टर इन्द्र प्रसाद तिवारीले विदेशी मुलुकमा जलाशयले छोएको स्थानमा सुबिधाजनक बाटो र बफर जोन सहित बढीमा ३३ मिटर मापदण्ड कायम गरिएको उदाहरण प्रस्तुत गर्दै सम्बन्धित सरोकारवालाहरुको रोहवरमा बेगनासताल वरपरको जग्गाको मापदण्ड कायम गरिनुपर्ने बताए ।
सोही कार्यक्रममा वेगनासताल डुंगा व्यवसायिक समितिका निवर्तमान अध्यक्ष ढकनाथ कंडेलले बेगनासतालको बाँध बाँध्दा राज्यले न्यायोचित रुपमा मुअब्जा वितरण नगरेकाले उपभोक्ताले दुख पाएको बताउँदै ताल वरिपरिको जग्गाको मुअब्जा हाल विक्री वितरण भएको आधारमा दिनुपर्ने भन्दै विगतमा मुअब्जा दिएको जग्गाको लगतकट्टा नगरेकाले अहिले समस्या परेको ढकनाथले बताएको स्थानिय बुद्धिजीवि रविराज कंडेलले जानकारी दिए ।

Related Articles

Close