समाचार

रत्न शोभामा शिक्षक सापकोटाको विदाइ

Spread the love

ऋषिराम रानाभाट
माझठाना, १५ जेठ ।
पोखरा महानगरपालिका वडा नं.२८ मा रहेको रत्न शाभा माध्यमिक विद्यालयमा मावि तहमा अध्यापनरत शिक्षक दुर्गा सापकोटाको विदाइ गरीएको छ । मावि तहको नेपाली विषय अध्यापनरत शिक्षक दुर्गा सापकोटा पोखराको विन्ध्यावासिनी माविमा सरुवा भएकीले उनको एक कार्यक्रमगरी विदाइ गरीएको हो ।
विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले आफूमा भएको सिपलाइ विद्यार्थीहरुलाइ सिकाउन तत्पर रहने शिक्षक दुर्गा सापकोटाको उज्वल भविष्याको कामना गर्दै शिक्षक सिकाइका क्रियाकलाप वाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाइ सहभागीता गराइ एउटा लोकप्रियता हासिल गर्न सफल भएकी शिक्षक सापकोटाको प्रशंसा गरेका थिए ।
विदाइ भएका शिक्षक दुर्गा सापकोटाले विद्यर्थीहरुले अनुशासनलाइ कायम राख्दै आफ्नो अध्ययनलाइ जाारी राख्न आग्रह गर्दै आफूले अध्यापन गर्ने विद्यालय टाढा भए पनि कुने पनि बेला आवश्यक परेको खण्डमा विभिन्न माध्यमबाट विद्यालय र विद्यार्थीहरुलाइ सहयोग गर्ने बताइन् । शिक्षक पुर्ण बहादुर खत्री, मुक्तिराज खनाल, विद्यार्थी सजिना गिरी लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

Related Articles

Close