समाचार

काठमाडौंमा बिजुली बस सञ्चालनमा

Spread the love

काठमाण्डौ, ७ कार्तिक ।
लुम्बिनी विकास कोषले एशियाली विकास बैंकको सहयोगमा पाँचवटा बिजुली यातायात सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पुल्चोकबाट सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयसम्म बिजुली बसमा यात्रा गरेर बिजुली बसको शुभारम्भ गरे। इन्धनबाट चल्ने सवारी साधनका कारण हुने प्रदुषण न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा पहिलोपटक बिजुली बस सञ्चालनमा ल्याइएको हो।
साझा यातायातले लुम्बिनीलाई केन्द्र मानेर काठमाडौंमा उक्त बस सञ्चालन गर्नेछ। चालकसहित २० सिट रहेका उक्त बसमा एसी तथा मोबाइल चार्जरलगायतका सुविधासम्पन्न सिटहरू रहेका छन्। अपांगमैत्री ह्विलचियर राख्न मिल्ने उक्त बस एकचोटी फूल चार्ज गरेपछि २०० देखि २५० किलोमिटर गुड्न सक्छ। विद्युतीय गाडी उत्पादन गर्दै आएको चिनियाँ कम्पनी विवाइडी कम्पनीले उक्त बस निर्माण गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी १० महिनाभित्र लुम्बिनीस्थित गौतमबुद्ध एअरपोर्ट सञ्चालनमा ल्याउने बताएका छन्। मंगलबार काठमाडौंमा लुम्बिनी विकास कोषले एशियाली विकास बैंकको सहयोग तथा साझा यातायातको सहकार्यमा सञ्चालनमा ल्याएको बिजुली बसको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले त्यस्तो बताए।

Related Articles

Close