मनोरञ्जनसमाचार

विकासको सुरुवात शिक्षाबाट ः वडा अध्यक्ष निर्मल दियाली

Spread the love

ऋषिराम रानाभाट
पोखरा, ७ फागुन ।
पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले देशको विकासको सुरुवात शिक्षाबाट हुने बताए । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौरेमा रहेको रिलायन्स पब्लिक इङ्गलिस स्कुलको चौथो तथा पाँचौ वार्षिकोत्सव समारोहमा वोल्दै उक्त कुरा बताए । समग्रमा शैक्षिक गुणस्तरमा संस्थागत विद्यालयको योगदानको चर्चा गर्दै समय सापेक्ष अनुसार व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
यसै गरी कार्यक्रममा युनिप्स नेपालका केन्द्रिय अध्यक्ष शान्त बहादुर गुरुङ, वडा सदस्य विष्णु तिवारी, रत्न शोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, सरस्वती कुञ्ज आधारभुत विद्यालयका प्रअ ऋषिराम तिवारी,रत्न शोभ माविकै शिक्षक ऋषिराम रानाभाट, कालिका वोडिङ स्कूलका संस्थापक प्रिन्सिपल राजेस भण्ढारी, अभिभावक छविलाल अधिकारी लगाएतले आफ्नो धारणा व्यक्त गरेका थिए । विद्यालयका प्रिन्स्पिल मेहेन्द्र पौडेलले विद्यालयका गतिविधिहरुमाथि प्रकाश पार्दै आगामी शैक्षिक सत्र देखि पोखरा २६ मा विद्यालय स्थानान्तरण भई नियमित रुपमा पठनपाठान हुने जानकारी गराएका थिए ।
त्यस्तै विद्यालयकी शिक्षिका अस्मिता ओझाले स्वागत र विद्यार्थी मनिष न्यौपाने र भुमिका सुनार समेतले बोलेका थिए । विद्यालय व्यस्थापन समितिका अध्यक्ष रुद्रनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थापक प्रकाश आचार्यले गरेका थिए भने विद्यार्थीहरुले पिटी प्रदर्शनका सार्थ विच विचमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने शैक्षिक सत्र २०७४÷७५ को शैक्षिक एवम् खेलकुदका पुरस्कार समेत वितरण गरिएको थियो ।

Related Articles

Close