समाचारस्वास्थ्य

जोखिम व्यवस्थापनमा वीमा कम्पनीको भूमिका महत्वपूर्ण ः डा.रविन्द्र घिमिरे

Spread the love

ऋषिराम रानाभाट
पोखरा , ३ कातिक ।
नेपालमा केही वर्ष यता केही विमा कम्पनीहरु सन्चालनमा आएका छन् । नेपालमा सञ्चालनमा रहेका विमा कम्पनीहरुले धेरै समस्या र चुनौती सामना गर्नु परिरहेको छ । यस क्षेत्रमा दक्ष कर्मचारी तथा प्राविधिकको अभावमा यस क्षेत्रमा विकृति बढेको छ । यसै गरी जनचेतना पनि कमि भएकाले यस क्षेत्रको समस्या रहेको छ । नेपालमा विमा कम्पनीको व्यवसाय के कसरी अगाडि बढेको छ? यस क्षेत्रका विकृति, समस्या , समाधान र सम्भावनाका के कस्ता छन्? सुरु देखि नै विमा कप्पनीको विकास क्रम के कस्तो छ ? लगाएतका प्रश्नको जवाफ खोज्ने क्रममा गाउँले मिडियाका प्रतिनिधिले पोखरा विश्व विद्यालय स्कूल अफ विजनेस विभागका सह प्राध्यापक , सन २०१५ मा वनारस हिन्दु विश्व विद्यालयबाट वीमा विषयमा विद्यावारिधी गरेका सन २००१ देखि विश्वविद्यालयमा अध्यापनरत १८ वर्ष शैक्षिक कार्यमा संलग्न रहेका डा.रविन्द्र घिमिरेसँग गाउँले मिडियाका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालमा वीमा कप्पनी व्यवसायलाई यहाँले कसरी निहाली रहनु भएको छ ?अहिले सम्मको विकास क्रम कस्तो छ ?
नेपालमा वीमा कम्पनी व्यवसायको इतिहास हेर्दा ७० वर्ष भन्दा बढी भइसकेको छ । सन २००१ साल भन्दा अगाढि वीमाको बजार असाध्यै सुस्त थियो । जव २००१ सालमा ४ वटा कम्पनीहरु दर्ता भैसकेपछि विस्तारै जीवन वीमाको विस्तार हुन थाल्यो । सन २००८ सालमा फेरी ४ वटा वीमा कम्पनीले लाइसेन्स पाइसकेपछि तिव्र प्रतिस्पर्धाका विच वीमा व्यवसायले उचाइ हासिल ग¥यो । सन २०१७ सालमा थप नयाँ १० वटा कम्पनीहरुले लाइसेन्स प्राप्त गरेपछि स्वच्छ प्रतिस्पर्धा भन्दा पनि अस्वस्थ्य प्रतिस्पर्धा हुन थाल्यो । हुन त प्रथम वीमा शुल्कको ५० प्रतिशत सम्म बृद्धि भएको देखियो । एक किसिमले हेर्दा सकारात्मक हो तर वीमा व्यवसायको मापन गर्दा प्रिमियम कलेक्सन लाइ मात्रै आधार बनाउँदा त्यहाँ भित्र रहेका अन्य समस्या उजागार नहुने भएकाले वीमा कम्पनीहरुले क्लेम कसरी सेटल गरीरहेका छन् ?वीमा कम्पनीका ग्राहकहरु कतीको सन्तुष्ट छन् ?रिस्कलाइ राम्रो सँग विश्लेषण गरिएको छ कि छैन? यस्ता तमाम प्रश्नहरु पनि यसमा सँग सँगै जोडिएर आएको हुन्छ ।
अहिले पत्रपत्रिकोमा हेदौ खरीमा विश्लेषकले विश्लेषण हेर्दा पनि केबल प्रिमियम कलेक्सनलाई मात्रै आधार मानेर वीमा कम्पनीको विस्तार भएको वीमाको कभरेज बढ्दै गयो भनेर भनिएको छ त्यो विश्लेषण अपूर्ण छ जस्तो लाग्छ मलाई यसका विभिन्न पाटाहरु र यसका इन्डिकेटरलाइ पनि हे¥यौं भने यसका विभिन्न विकृतिहरु पनि देख्न सक्छौं ।

अन्तराष्ट्रिय विकास क्रमको तुलनामा हामी कहाँ छौं ?
अन्तराष्ट्रिय विकास हेर्दा नेपालको वीमा व्यवसायमा हामी त्यती धेरै सन्तुष्टि हुनुपर्ने अवस्था देखिदैंन किन कि एड्भान्स देशहरुमा सरकारले ठूलो लगानी गरेको छ । धेरै सहयोग गरेको छ । तर नेपालमा एउटा वीमा समिति गठन गरेको छ । एउटा वीमा ऐन जारी गरेको छ त्यो भन्दा बढी राज्यले सहयोगीको भूमिका, प्रवर्धानात्मक भूमिका निर्वाह नगरेका हुनाले हामी धेरै पछि छौं । अन्तराष्ट्रिय र नेपालको वीमा व्यवसायको तुलना गर्ने भनेको इन्सुरेन्स पेनीट्रेसन र इन्सुरेन्स डेनसीटी यी दुइवटा इन्डिेकेटरलाई हामी तुलना गर्छौं । सबै भन्दा बडी ताइवानमा इन्सुरेन्स पेनीट्रेसन २० प्रतिशत छ भने नेपालको इन्सुरेन्स पेनीट्रेसन २.५ प्रतिशत मात्रै छ । चिनको करिब ५ प्रतिशत छ भने भारतको करिब ४ प्रतिशत छ यसरी छिमेकी देशको तुलनामा हामी धेरै पछी छौं । विश्वको औसत इन्सुरेन्स पेनीट्रेसन ६.५ प्रतिशत रहेको छ । त्यौ औसत भन्दा पनि हामी धेरै कम छौं । यसबाट के थाह हुन्छ भने नेपालको वीमा बजार औसत भन्दा पनि तल रहेको अवस्था छ ।
नियामक निकायको भुमिका कस्तो छ ?
नेपाल सरकारको जति दायित्व हुन्छ त्यो भन्दा बढी दायित्वय नियमनकारी निकायको हुन्छ । नेपालको नियमानकारी निकाय, वीमा समिती , वीमा ऐन २०४९ अन्तर्गत स्थापित एक स्वतन्त्र निकाय हो । नेपाल सरकारले अध्यक्ष लगाएत ४ जना निर्देशकहरु नियुक्ति गरी वीमा व्यवसायको प्रवद्र्धन गर्ने , नियमन गर्ने लगातको कामहरु गर्न जुन जिम्मेवारी वीमा समितीलाई दिएको छ त्यो जिम्मेवारी अनुसार काम भएको देखिदैंन । उदाहरणका लागि वीमा कम्पनीलाई स्वस्थ्य ढंगबाट निमन गर्नका लागि वीमा कम्पनीहरुको कामकाजलाई लागि वीमा ममा दक्ष जनशक्तिको आवक्यकता पर्दछ त्यसका लागि राज्यले अथवा विश्वविद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गर्नका लागि अफ्नो कजेजमा वीमा सम्बन्धि विषयहरुको अध्ययन गनूृपनर्ने हुन्छ । पोखरा विश्व विद्यालय वाहेक अन्य विश्वविद्यालयहरुले वीमा सम्बन्धि कोर्स राखेको पाइदैन । भने हामी साग तालिम केन्द्रह पनि छैनन जवसम्म तालिम केन्द्रहरु हुदैनन्, विश्व विद्यालयहरुले वीमा सम्बन्धि कोर्सको अध्यापन गराउँदैनन् तब सम्म वीमा बजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध हुन सक्दैनन् ।जबसम्म दक्ष जनशक्ति वीमा बजारले पाउँदेन , वीमा कम्पनीमा अनुभवी कर्मचारी हुँदैनन् तव सम्म वीमा बजारको विकास हुन सक्दैन । यसको लागि वीमा नियमनकारी संस्थाले विशेष भूमिका खेल्नुपर्ने हुन्छ ।
अहिलेका कम्पनीको संख्या आवश्यक हो कि होइन ?
वीमा कम्पनीहरुको संख्या कति हुन पर्छ भन्ने प्रश्नको उत्तर दिन सारै गारो छ । नेपालमा भन्दा भारतमा जनसंख्या धेरै गुणा बढी छ तर भारत र नेपालको वीमा कम्पनीको संख्या बराबर छ । सानो देश हङ्कङमा सयौं वीमा कम्पनीहरु छन् । चिनमा नेपालमा भन्दा केही मात्रमा बढी छन् ।वीमा कम्पनीहरुको संख्या कति हुनु पर्छ भन्ने विषयको निर्धारण गर्ने विषय जटिल हो । नयाँ कम्पनीहरुलाइ लाइसेन्स दिनुभन्दा अगाडि यो विषमा छलफल भएको भए सान्दर्भिक हुने थियो । लाइसेन्स दिइसकेपछि र कम्पनीहरु स्थापित भइसकेपछि ती कम्पनीहरुलाई बन्द गराउनु पनि भएन , तिनीहरुलाई जवरजस्ती मर्ज गर्न पनि भएन , भइरहेका कम्पनीहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा चिन्ता र चासो लिनु आवश्यक छ ।
यो क्षेत्रमा विकृति , समस्या , समाधान र सम्भावना के कस्ता छन्?
वीमा कम्पनीमा जालसाँझी र ठगी समस्या रहेको छ । जालसाँझी र ठगी जस्ता विकृतिलाइ नियन्त्रण गर्नका लागि वीमा सूचना केन्द्र, एन्टी फ्लोर स्क्वार्ड , फ्लोर इन्भेस्टिगेसन विउरो जस्ता संस्थाहरुको स्थापना गर्नुपर्ने हुन्छ । साथै बैंकको ठगीको विरुद्धमा जुन नियम कानूनहरु छन् त्यस्तै शसक्त नियम र कानूनहरु वीमाका ठगीहरुलाइ निरुत्साहित गर्ने सन्दर्भमा अहिले सम्म पनि नबनेको हुनाले पनि वीमामा ठगी मौलाउँदे गएको छ । त्यस्तै गरी जीवन विमामा सरेन्डर र ल्याप्सका समस्याहरु छन् किन भने एजेन्टहरुले वीमा पोलिसी विक्रि गर्दा कस्तो मानिसलाई , कस्तो परिवारलाई , कस्तो आर्थिक अवस्था भएको मानिसलाई कस्तो खालको वीमा पोलिसी उपयूक्त हुन्छ भन्ने सोचविचार नगरीकन जथाभावी वीमा पोलिसीहरु विक्री गर्दा आएको समस्या हो सरेन्डर । सरेन्डर भनेको तपाइले २० वर्षको पोलिसी किन्नु भयो भने त्यो व्यक्तिले २० वर्षसम्म प्रिमियम तिर्ने र २० वर्ष पछि म्याच्युरिटी वेनीफिट लिने हो । यदी कसैले २ वर्ष , ३ वर्ष प्रिमियम तिरे पछि अब म पोलिसी रद्ध गर्छु भनेर वीमा कम्पनीसँग पैसा माग्छ भने त्यो सरपेन्डर हो । वीमामा सरैनडर निकै घातक हुन्छ । २००८ को डाटा हेर्दाखेरी यो सरेन्डरको प्रतिशत ३५ प्रतिशत सम्म मैले पाएको छु ।त्यो विस्तारै घट्दै गएको छ । जापानको सरेन्डर दर जम्मा ६ प्रतिशत रहेको छ जब कि नेपालमा अहिले २० प्रतिशत सरेन्डर रेट आइुगेको छ ।
नयाँ कम्पनीहरु आईपुगेपछि यो सरेन्डरको रेट फेरी बढेको छ । यसरी सरेन्डर बढ्नुमा हाम्रो बजरीकरण गर्ने अभिकर्ताहरुको शिक्षाको कमी, उनीहरुलाइ वीमाको जानकारीको वारेमा कमी, उनीहरुलाइ अफ्ना गा्रहकहरुलाई वीमाका वारेमा बुझाउन नसक्नु हो भन्ने लाग्छ । त्यस्तै गरी नियमनकारी निकायले गर्नुपर्ने अर्को काम के हो भने तथ्यांक व्यवस्थापन हो । अर्को समस्या भनेको समयमा हामीले हाम्रो दाबी अनुसारको भुक्तानी पाएनौ हाम्रो दाबीलाई समयमा नै वीमा कम्पनीहरुले सम्बोधन गरेनन् भनिरहेको छ । उदाहरणको लागि तपाइको गाडी कही कतै दुर्घटना भयो १ लाख बराबरको तपाइको क्षति भयो र तपाइले १ लाख बराबरको दाबी गर्नु भयो त्यसमा भुक्तानी नगर्नुपर्ने म कुनै कारण देख्दिन ।कहिले काहिं १ लाखको दाबीलाइ बढाएर डेड दुइ लाख बढाएमा वीमा कम्पनीले पनि यो दाबी यथार्थ हो कि होइन भनेर छानविन गर्नुपर्ने हुन्छ । छानविनको क्रmममा समय लाग्न सक्छ । त्यहाँ विवाद पनि उत्पन्न हुन्छ । एक पक्षले क्षति १ लाख हो भन्छ अर्को पक्षले भन्छ क्षति तिन लाख हो त्यस्ता खालका विवादहरु हुँदा भुक्तानीमा समस्या आउन सक्छ । मानिसहरुले वीमाले पैसा दिन किन आनकानी गरयो भन्ने कुरा सोच्छन् । वीमा मा सात वटा सिद्धान्तहरु हुन्छन् । यदी यी सबै सात वटा सिद्धान्तहरु विमक र वीमीत दुवै पक्षले परिपालना गर्ने हो भने वीमामा कुनै विावद हुँदैन र भुक्तानीमा पनि कुनै किसिमको आनाकानी पनि हुँदैन र वीमा बजार फस्टाउँदै जान्छ । तर हामीहरु ती वीमाका सात वटा सिद्धान्तको वारेमा अनभिज्ञ छौं अथाव जानी जानीकन ती सिद्धान्तहरुलाई उलंघन गर्न चाहन्छौं । जस्तो कि वीमा व्यवसाय नाफा कमाउनका लागि हो तर हामी सम्पतीको वीमा गर्छौै भने त्यो नाफा कमाउनका लागि होइन । वीमाले के भन्छ भने तिमी जुन पूरानो अवस्थामा थियौ तिमीलाई त्यही अवस्थामा पुर्याउने साधन हो , त्यो भन्दा धनी बनाउने साधन होइन । एकले अर्कोलाई सम्मान गर्ने एकले अर्काको क्षति नगराउँने भन्ने छ , न विमा कप्मनीहरुलाइ हामीले लुट्न मिल्छ न विमीतहरुलाई वीमा कम्पनीले लुट्न मिल्छ । यस्ता सिद्धान्तहरु पालना भएमा वीमामा भएका विकृति र विसंगतीहरु हट्न सक्छन् ।
जसरी बैंकिङ क्षेत्रमा , पूँजी बजारको क्षेत्रमा अथवा सहकारीको क्षेत्रमा विकृतिहरु समस्याहरु छन् , त्यस्तै वीमामा पनि समस्याहरु मैले उल्लेख गरे । यसको समाधानको उपाय के त भन्ने कुरामा सबै भन्दा पहिला वीमा सँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन हुने वित्तिकै धेरै समस्याहरु समाधान हुन्छ । त्यसै गरी वीमा समितिमा दक्ष कर्मचारी र प्राविधिक व्यक्तिहरु व्यवस्था भयो भने उनीहरुबाट हुने नियमनले पनि विकृतिहरु हट्छ । जलसाँझी र ठगीको विरुद्धमा कानून बने भने पनि यी विकृतिहरु हटछ र मानिसहरुमा जनेचेतनाको कमी भएको हुनाले विभिन्न खाले प्रवद्र्धधानात्मक खालका कार्यक्रमहरुको आयोजनाहरु गर्ने हो भने पनि मानिसहरु जागरुक हुन्छन् र जागरुक भएपछि विकृतिहरु हट्न सक्छन् ।
नेपाली वीमा क्षेत्रमा सर्भेयरको भूमिका कस्तो पाउनु भएको छ ?
पुरानो ऐनमा सर्भेयरलाइ सर्भेयरकै रुपमा सम्मान गरिएको थियो । जुन अहिले प्रस्तावित विद्येक छलफलका लागि संसदमा गएको छ , त्यसमा सर्भेयरलाई मध्येस्तताकर्ता भनेर भनिएको छ । मध्येस्ताकर्ताको आसय दुइवटा हुन्छ । एउटा मध्येस्तकर्ता भनेको क्रेता र विक्रेताको विचमा कुने विवाद भएमा त्यो विवदा मिलायउने व्यक्तिलाई मध्येस्तकर्ता भनिन्छ भने अर्को मध्येस्तकर्ता भनेको विक्रेताका सामानहरु क्रेतालाई विक्री गर्ने , विक्रेतालाई पनि मध्येस्तकर्ता भनिन्छ । यस अर्थमा एजेन्टहरु मध्येस्तकर्ताहरु हुन् । अर्को टी पी ए भन्ने छ थर्ड पार्टी एड्मेन्सटेटरको काम भनेको विक्रेताका क्लाइन्टहरुलाई हयान्डल गर्ने , क्रेता र विक्रेताको विचमा भएको आर्थिक कारोवारलाई व्यवस्थापन गर्ने उसलाई पनि मध्येस्तकर्ता भनिन्छ । अर्को ब्रोकर रहेको छ । एजेन्टले विक्रेताको पक्षमा रहेर काम गर्छ भने ब्रोकरले क्रेताको पक्षमा रहेर काम गर्छ । तिनीहरु मध्येस्तकर्ता हुन् । सर्भेयर भनेको के हो भने नेपालमा जुन सर्भेयर भन्ने शब्द प्रयोग गरिएको छ , विदेश तिर यो सर्भेयर भन्ने शब्द प्रयोग हुँदैन । किन सर्भेयर भनियो भन्दा सर्भे गर्नका निम्ति ईन्जिनियरहरु , ओभरसेयरहरुलाई खटाइन्थ्यो पछी वीमा कम्पनी र वीमा समितिले क्षति मूल्यांकन गर्नका लागि इन्जिनियरलाई सर्भे गर्न पठाइन्थ्यो त्यहीँबाट नै सर्भेयर भएको हो । वास्तवमा अन्तराष्ट्रिय क्षेत्रमा सर्भेयर भन्ने शब्द वीमाको क्षेत्रमा चिनिदैन । वास्तवमा सर्भेयरलाई क्षति मूल्यांकनकर्ता भन्नु पथ्र्यो अथाव सम्पती मूल्यांकनकर्ता भन्नु पथ्र्यो अथवा लस एड्जस्टर भन्नु पथ्र्यो ।विदेशमा त्यस्ता लस एड्जस्टरहरु स्वतन्त्र व्यक्ति हुन् । उनीहरु मध्येस्तकर्ता होइनन् ।
त्यसकारण नेपालमा सबै भन्दा पहिला निति निर्माताहरुले , सरकारले सर्भेयर भनेको नै बुझेको रहेनछ ,उसले बनाएका ऐन कानूनहरु पनि केही अस्पष्टता देखिएको छ । सर्भेयरले जुन खालको भूमिका निर्वाह गर्नु पर्ने हो , जुन दक्षताका साथ काम गर्नु पर्ने हो त्यो हाम्रो अपक्षा अनुसार हुन नसकिरहेको अवस्था छ । किन यस्तो भयो भन्दा उनीहरुलाई विषयवस्तुको ज्ञानमा कमी छ भनाइको मत्लब सर्भेयर हुनका निम्ति इन्जिनियर मात्रै सर्भेयर हुन पर्दैन वीमा कम्पनीको अधिकृतको रुपमा लामो समयसम्म काम गरेको व्यक्ति पनि सर्भेयर हुन सक्छ , चार्टड एकाउन्टेन्ड पनि सर्भेयर हुन सक्छ र वीमा सम्बन्धि कोर्स गरेर आउको व्यक्ति पनि सर्भेयर हुन सक्छ । बुझाइको कमीले गर्दा खेरी काम गर्दा पनि तलमाथी भएको छ ।
सर्भेयरलाई सल्लाह र सुझाव के दिनु हुन्छ ?
नेपालमा वीमामा काम गर्ने दक्ष जनशक्तिको कमी छ । वीमा सँग सम्बन्धि कोर्सको पढाईका लागि सम्बन्धित निकायले सोच्नुपर्छ । सिनियर सर्भेयरहरुले नवआगन्तुक सर्भेयरहरुलाइ धेरै कुरा सिकाउनुपर्ने हुन्छ । नेपालमा वीमा सम्बन्धि शिक्षा दिने प्रशिक्षकको कमी भए विदेशबाट प्रशिक्षकहरु ल्याएर भए पनि वीमा सम्बन्धि ज्ञान दिनुपर्छ । वीमा समितिले दिने ८—१० दिनको तालिमले दक्ष सर्भेयर हुनको निम्ति आवश्येक ज्ञान अपुग हुन सक्छ । जालसाँभी र ठगीलाई रोक्नका लागि सर्भेयरको भूमिका महत्वपूर्ण हुन्छ । सर्भेयरहरुले उचित तरिकाले क्षेतिको मूल्यांकन गर्ने र त्यही अनुसार अडान लिने हो भने पक्कै पनि वीमा क्षेत्रमा भएका विकृति र विसंगतीहरु घटाउन सकिन्छ । विभिन्न दवाव आए पनि सर्भेयरहरुले डटेर सामना गर्नुपर्ने हुन्छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ?
नेपालमा अहिले वीमा क्षेत्र सकारात्म रुपमा अगाढि बढेको छ , वीमा कम्पनीहरुको संख्यामा बृद्धि हुँदा बजारमा पनि बृद्धि भएको छ । रोजगारीका अवसरहरु पनि थपिएका छन् । वीमा समितिको जिम्मेवारी पनि बढ्दै गएको छ । नेपालको जोखिम व्यवस्थापनमा वीमा कम्पनीहरुको भुमिका पनि अहम हँुदै गइरहेको अवस्थामा सबै पक्षहरु जिम्मेवार भएर अगाढि बढ्नुपर्ने हुन्छ ।अन्यथा समाजमा वीमा प्रति सकारात्मक हुँदैन ।यसलाई सकारात्मक बनाउनका लागि विमा कम्पनी, वीमा समिति, सर्भेयरहरु, वीमा अभिकर्ताहरु , यस क्षेत्रका अनुसन्धानकर्ताहरु, अध्यापन गर्ने शिक्षकहरु, विद्यार्थीहरु सबै मिलेर चिन्ता र चिन्तनका साथ वीमामा रहेका विकृतिहरु हटाउदै वीमा क्षेत्रको विकासका लागि सबै लाग्नुपर्ने आवश्यक छ र सबै भन्दा जिम्मेवारी सरकारको छ । वीमा क्षेत्रमा अझै पनि धेरै काम गर्नुपनर्पे छ , अझै पनि धेरै मानिसहरु वमिाको पहुँच भन्दा बाहिर छन् । वीमाको सेवा प्राप्त गर्न सकेका छैनन् । यसकारण वीमा कम्पनीहरु पनि दुर्गम क्षेत्रमा, गाउँ गाउँमा जानु पर्ने आवश्यकता छ । सर्भेयरहरुले पनि गाउँ गाउँमा गएर यथार्थ चित्रण गरेर ल्याउनु पर्ने आवश्यकता छ ।

Related Articles

Close