समाचार

पोखरामा बिपद ब्यबस्थापन काल्पनिक अभ्यास

Spread the love

पोखरामा बिपद ब्यबस्थापन काल्पनिक अभ्यास
पोखरा, १० जेठ ।
कुनैपनि बिपद बाजा बजाएर आउँदैन अचानक बिपद आईलग्दा हुने क्षतिको अनुमाननै गर्न सकिन्न , पोखरामा यस्तै आपद र बिपदको सामना गर्नृु परेको झल्को लाग्ने दृष्य देखियो ।
शक्तीशाली भुकम्पको महशुष हुनेगरी जमिन हल्लिएपछि कतै आगोलागी भएको थियो भने हावाहुरी सहितको कम्पनका कारण फेवातालको पानी हल्लिएर अचानक छाल आएपछि तालमा सयर गरी रहेका २ वटा डुंगा पल्टिंदा २० जना तालमा डुबेर हताहत भएको देखिन्थ्यो ।
फेवातालमा घुम्नपुगेका २० जना डुंगा पल्टिएर तालमा डुबेपछि नेपाली सेना र अन्य सुरक्षा कर्मिको उद्धार टोलीद्धारा डुबेका १७ जनाको मोटरवोटको प्रयोग गरी उद्धार गरिएको थियो ।
हराईरहेका ३ जना लाई नेपाली सेनाको तालिम प्राप्त गोताखोर टोलीले खोजी गरेर फेलापारेपछि नेपाली सेनाकै हेलीकप्टर द्धारा बास्केटमा राखेर उद्धार गरिएको थियो ।
आगोलागी र डुंगा दुर्घटनामा परेका हरुको उद्धारका लागी खटिएका टोलीका अनुसार तत्कालै घटना स्थल बाट सबै जनाको जिबितै उद्धार गरि उपचारका लागी नजिकैको अस्पतालमा लगिएको सन्देश मुलक जानकारी दिइयो ।
अचानक बिपद पर्दा उक्त बिपदको सामना कसरी गर्न सकिन्छ भनेर नेपाली सेनाको बिपद ब्यबस्थापन निर्देशनालय र अमेरीकन आर्मीको प्यासिफीक टोलीले संयूक्त रुपमा सञ्चालन गरेको बिपद ब्यबस्थापनको पुर्ब तैयारी अभ्यासका अबसरमा फेवातालमा गरिएको काल्पनिक अभ्यास थियो यो ।

Related Articles

Close