समाचार

कास्कीको मादी गाउँपालिकामा बर्डफ्यु

Spread the love

पोखरा, ४चैत ।
कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्ल्यु भेटिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्ल्यु भेटिएको पशुपंक्षी रोग अनबेष्ण कन्टोल गु्रपका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए । परियारले पालेका कुखुरा मर्न थाले पछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परिक्षणका लागि पठाउदा बर्डफ्ल्यु भेटिपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए ।
परियारले पालेका लोकल र गिरिराज कुखुरामा बर्डफ्ल्यु देखीएको थियो । बर्डफ्ल्यु लागेको क्षेत्रमा चारकिल्ला लगाएर बर्डफ्लू संक्रमित कुखुरा नष्ट गरीएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरु आयत र निर्यात गर्न समेत रोक लगाईएको छ ।

Related Articles

Check Also

Close
Close