समाचार

जन्मोत्सवमा बृद्ध बृद्धालाई सहयोग

Spread the love

लेखनाथ, १६ माघ ।
राईजिङ स्टार युथ क्लब मार्फत पोखरा हेम्जा निबासी हाल नेदरल्याण्डमा रहेका युबा समाजसेवी गणेश थापाले आफनो जन्मोत्सवको अवसर पारेर राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेका छन् ।

सामाजिक काममा अग्रसर हुदेै स्वदेश तथा बिदेशमा सहयोग पु¥याउदै आएका थापाले जन्मदिनको अवसर पारेर पोखरा ३२ गगनगौडामा रहेको राधा कृष्ण बृद्धाआश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् । बयोबृद्धाहरुलाई सहयोग गर्नु पर्छ भन्ने सोच राखि जन्मदिन तडक भडक गरेर नमनाईकिन थोरै भए पनि समाजसेवा गरौं भन्ने भावले प्ररेरीत भई थापाले सहयोग गरेका राईजिङ स्टार युथ क्लबका अध्यक्ष बिस्णु प्रसाद गुरुङले जानकारी दिएका छन् ।

Related Articles

Close