समाचारस्वास्थ्य

लायन्स क्लब अफ लेखनाथको खुला रक्तदानमा ५३ युनिट रगत संकलन

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, २५ असोज ।
रक्तदान जीवन दान जीवन दान महादान भन्ने पवित्र उद्धेश्येलाई आत्मसाथ गर्दै लायन्स क्क्लब अफ लेखनाथ, लायन्स क्लब अफ लेखनाथ सिटी, लायन्स क्लब अफ मेट्रोसिटी, लायन्स क्लब अफ लेखनाथ टाउन, लायन्स क्लब अफ बैंकर्स र लियो क्लब अफ लेखनाथको संयुक्त आयोजनामा सम्पन्न खुला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ । पोखरा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले मानविय सेवामा लायन्स क्लब ले आयोजना गरेको खुला रक्तदान कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै मानविय सेवा तथा सामाजिक कार्य गर्दै जान शुभकामना व्यक्त गरे ।


यसै गरी रक्तदान विभागी प्रमुख शैलेन्द्र मोहन भट्टराईले लायन्स क्लब अफ लेखनाथले विभिन्न सामाजिक तथा मानविय सेवाका कार्य गर्दै आफ्नै पहलमा ५ वटा लायन्स क्लबहरु स्पोन्सर गरेकोमा खुशी व्यक्त गर्दै लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १मा उत्कृष्ट मध्येका लायन्स क्लबहरुमा यो क्लब पनि पर्न सफल भएको सम्पूर्णमा धन्यवाद दिएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष क्षत्रधर आत्रेय, रिजन चियर पर्सन सूर्य नारायाण बराल, जोन चियर पर्सन गणेस प्रसाद ढुङ्गाना लगाएतले रक्तदानको महत्वका वारेमा चर्चा गरेका थिए । लायन्स क्लब अफ लेखनाथका अध्यक्ष बुद्धि प्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद तिमिल्सिनाले गरेका थिए भने लेखनाथ सामुदायिक लायन्स अस्पतालका कार्यलय प्रमुख केदारनाथ लामिछानेले कार्यक्रमको संयोजन  गरेका थिए ।

Related Articles

Close