समाचारसमाजस्थानीय

खराने युवा क्लवको ५० युनिट रगत संकलन

Spread the love

लेखनाथ,११ भदौं ।

कोरना भाईरसका कारण पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्ममा भएपनि समाधान गर्ने उदेस्यले पोखरा २६ को खराने युवा क्लवले विहिवार राखेको आकस्मीक रत्तदानमा ५० युनिट रगत संकलन भएको छ ।

रगतको अभावले अन्य प्रकृतिका विरामीको उपचारमा समस्या देखा परेपछि नेपाल रेडक्रस सोसाईटी रत्तंसचार केन्द्रको प्राविधिक सहयोग र खराने युवा क्लवको आयोजनमा राखिएको आकस्मीक रक्तदानमा स्वतस्फुत रुपमा ५० युनिट रगत संकलन भएको हो ।

क्लवका सल्लाकार तथा खास्टेताल मत्स्य तथा कृषि सहकारी सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीेले पहिलो रक्तदाता क्लवका अध्यक्ष सुबिन तिमिल्सानालाई ब्लड ब्याग हस्तान्त्रण गरि सुरु भएको रत्तदानमा पहिलो पटक रत्तदान गर्नेहरुको सख्या बढि रहेको थियो ।

छोटो समयमा सामाजिक सञ्जाल मार्फत गरिएको प्रचार प्रसारबाट पनि अनुमान गरेको भन्दा बढि रगत संकलन भएकाले आगामी दिनमा क्लवले बार्षीक क्यालेण्डर नै वनाएर रत्तदानको कार्यक्रम राख्ने सचिव सञ्जयराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

Related Articles

Back to top button