गण्डकी प्रदेशसमाचारसमाज

मेलान दिवसको अवसरमा ९२ युनिट रगत संकलन

Spread the love

पोखरा, २७ जेठ ।मेडिकल ल्यावोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान ) गण्डकी प्रदेश तथा कास्की जिल्ला मेलानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । रक्त संचार केन्द्र रामघाट को विशेष प्राविधिक सहयोगमाखुल्ला रक्तदानमा ९२ युनिट रगत संकलन भएको हो । यसै गरी मेलानका आजिवन सदस्य सल्लाहकार शुभचिन्तक तथा पोखरा विश्वविघालय स्वास्थ्य संकायको डिन एवम् प्रयोगशाला विज्ञ प्रा। डा। अमर नागिला, मेलानका पुर्व केन्दिय उपाध्यक्ष एवम् प्रयोगशाला व्यवसायी ललितमान ताम्राकारलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा मेलान का सल्लाहकार प्रा डा डुक बहादुर क्षेत्रीले मेलानले विषम परिस्स्थितिका बेलामा सामाजिक उत्तरदायित्व बहन गर्न उदारणिय कार्य गरेको भन्दै प्रशंसा गर्नु भयो । यसै गरी सम्मानित व्यक्तित्वहरुमध्येबाट पोखरा विश्व विधालयका डिन प्रा डा अमर नागिला ले मेलानको उदारणिय कार्यमा आफ्नो पुण सहयोग रहने प्रतिबबद्धता व्यक्त गर्नु भयो । यसै गरि प्रदेश जनस्वास्थ प्रयोगशाला गण्डकी प्रदेशका निर्देशक सपना सुवेदी, पोखरा महानगरपालिका वडा नं.(८ का वडा अध्यक्ष रुद्र नाथ बराल , मेलान केन्दिय सचिवालय सदस्य रविन्द्र शर्मा वस्ताकोटी , रक्त संचार केन्द्र प्रमुख तथा मेलान केन्द्रीय सदस्य अर्जुन ज्ञवाली लगायतले मेलानले स्थापना कालदेखि नै रचनात्मक कार्यको चर्चा गर्दै मेलानसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेलान गण्डकीका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन कास्की सचिव गणेश थपलियाा र कार्यक्रम संयोजक भरत राज सिग्देलले गर्नुभएको थियो । उक्त कार्यक्रममा मेलान गण्डकी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने स्थापना दिवसकै अवसरमा साँझ पोखरा काहुँडाँडा , धरहरामा द्धिप प्रज्वलन गरिएको छ । केभिड १९ को महामारीमा परी जीवन गुमाएका प्रयोगशालाकर्मीहरु लगाएत सम्पूर्ण स्वास्थ्यकर्मीहरु तथा मानव जातिको मृत आत्माको चिर शान्तिको कामना सहित उपचार गरिरहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरु एवम् दाजु भाइहर्रुको शिघ्र स्वास्थ्य लाभको कामना गर्र्द द्धिप प्रज्वलन गरिएको  मेलान गण्डकीका कोषाध्यक्ष त्रिलोचन लामिछानेले जानकारी दिनुभयो ।

Related Articles

Back to top button