समाचार

माझठाना सौरेमा खुला रक्तदान कार्यक्रम सम्पन्न

Spread the love

पोखरा, ६माघ ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिकाको आयोजना तथा पोखरा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा खुला रक्तदान शनिवार सम्पन्न भएको छ । रक्तदान जीवन दान, जीवन दान महादन भन्ने पवित्र उद्धेश्येलाइ आत्मसाथ गर्दै पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौरेमा सम्पन्न भएको हो ।
सेवा केन्द्रका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ वास्तोलाले सामुदायिक सेवा केन्द्रले खुला रक्तदान कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । सेवा केन्द्रका सचिव राधाकृष्ण तिवारीले सन्चालन गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको थियो ।
रक्तसञ्चार प्रमुख धु्रव राज लामिछाने रक्तदाताहरुले रक्तदान गर्दा अपनाउनु पर्ने सजकता माथि प्रकाश पारेका थिए भने सेवा केन्द्रका उपाध्यक्ष रिता देवी तिमिल्सिनाले स्वागत गरेको उज्वल पनेरुले जानकारी दिए ।

Related Articles

Check Also

Close
Close