मनोरञ्जन

लन्डनमा नेपाल आइडल बुद्ध लामाको क्रेज, केटीहरु बुद्धलाइ छुन मारामार (हेर्नुहोस भिडियो)

Spread the love

बुद्ध लामा एक नेपाली गायक हुन् । उनी पहिलो नेपाल आइडलको पहिलो विजेता हुन् । नेपालमा विदेशी फ्रान्चाईज अन्तर्गतको पहिलो कार्यक्रम नेपाल आइडलको पहिलो संस्करणमा विजेता बन्न सफल भएका थिए ।

प्रारम्भिक जीवन
विक्रम सम्वत् २०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

पारिवारिक पृष्ठभूमि
बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

संगीत सुरूवाट
आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन । दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’मा चौथो भए ।

२०१२ मा उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।

शिझा
गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।

पहिलो नेपाल आइडल बुद्ध लामा बेलायतका विभिन्न सहरमा प्रस्तुति दिने क्रममा अहिले लण्डनमा छन् । कार्यक्रम मा बिशेष गरि बेलायतबासी युबतीहरु माझ बुद्ध को ठुलो क्रेज देखिएको छ । बुद्ध ले गाउदा गाउदै उनलाई एकपटक छुन पनि युबतीहरु तछाड मछाड गरेको दृश्य देखिएको थियो ।

भिडियो हेर्नुहोस् 

अन्य समाचार

भारतमा सडक दुर्घटना १९ को मृत्यु

पश्चिम भारतीय राज्य गुजरातमा भएको सडक दुर्घटनामा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । ट्रक र भ्यान एक आपसमा ठोक्किदा भएको यस दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अरु नौ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

गुजरातको खेदा जिल्लाको अहमदाबाद इन्दोर राजर्मागमा सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

सो दुर्घटनामा बस चालकसहित १३ को मृत्यु भएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये चारको अवस्था गम्भिर भएको जनाइएको छ ।
चालकसहित २२ व्यक्ति सवार रहेको सो बसमा क्षमताभन्दा बढी व्यक्ति रहेका जनाइएको प्रहरीले जानकारी दिएको छ ।

उच्च गतिमा रहेको यस भ्यानका चालकले आफ्नो नियन्त्रण गुमाएका कारण उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच प्राप्त अर्को एक समाचारमा जनाइएअनुसार उत्तरी भारतीय राज्य पञ्जावमा भएको एक सडक दुर्घटनामा परी छ जना व्यक्तिको मत्यु भएको छ ।

बिपरीत दिशाबाट आएका दुईवटा बस एक आपसमा ठोक्किँदा भएको दुर्घटानामा छ जना व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका छन् ।

प्रहरी अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको बताएको छ । – रासस/सिन्ह्वा

Related Articles

Check Also
Close
Back to top button