अर्थ खबरराजनितिसमाचार

अर्थमन्त्रिद्धारा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

Spread the love

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
चालु खर्चबाट अनुदानको रकम अलग
विगतमा संघबाट स्थानीय तथा प्रदेशमा जाने रकमलाई सरकारले यो वर्ष भने बठ्याइपूर्वक छुट्याएको छ । जसले गर्दा चालु तर्फको बजेट कम भएको देखिएको छ ।
आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चको रकम कम देखिनुमा तल्लो सरकारलाई जाने रकम यसमा नजोड्नु हो ।
आगामी आर्थिक वर्षमा ३ खर्ब ४७ अर्ब २६ करोड बराबरको पुँजीगत खर्च हुने भएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।
राजस्वको लक्ष्य वृद्धि
सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । आगामी आवमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य सरकारले राखेको छ । यो वर्ष वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको छ । विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने भएको छ ।
त्यसबाट पनि अपुग हुने रकम २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारले चालु आवमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड संकलन हुने लक्ष्य राखेको छ । नयाँ संविधान बनिसकेपछि सरकारले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले बजेटलाई लोकप्रिय बनाउने अधिकतम प्रयास गरेको छ ।
जसमा वृद्धभत्ता वृद्धिदेखि कर्मचारीको तलव वृद्धिसम्म समावेश भएको छ । कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको सरकारले सबैभन्दा ठूलो रकम भने शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । यस्तै गरी सरकारले स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब बजेट विनियोजन गरेको छ । जस अन्र्गत खोप करिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड विनियोजन गरिएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरिएको छ । शिक्षा तथा प्रविधि मन्त्रालय अन्तर्गत १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिंदै एक विद्यालय एक स्वास्थ्यकर्मी निति सरकारले लिएको छ । १६ वर्ष माथिको विद्यार्थीका लागि सिमकार्ड निशुल्क उपलब्ध गराइने र ल्याटप किन्न ८० हजार क्रण उपलब्ध गराउने अर्थमन्त्रि विष्णु पौडेल आफ्नो बजेट भाषणमा बताएका हुन । २ वर्ष भित्रमा सबै विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्‍याइने सरकाले लक्ष्य रहेको छ । वालविकास शिक्षिका र विद्यालय कर्मचारीका लागि मासिक रु १५ हजारका दरले तलब बुद्धि भएको छ भने सरकारी कर्मचारीको तलब मासिक रु २ हजार बृद्धि गरिएको छ । यस्तै गरी सरकारले नदी नियन्त्रण र जलाधार संरक्षणका लागि ३ अर्ब ९१ करोड बजेट विजनियोजन गरेको छ । पर्यटन तथा संस्कृति मन्त्रालयका लागि २७ अर्ब ४७ करोड बजेट विनियोजन गरिएको छ ।
आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने, १६८ स्थानिय तहमा खेलग्रामका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्रि पोडेलले बताए ।
त्यस्तै खानेपानी मन्त्रालयका लागि ४३ अर्ब..करोड वजेट विनियोजन गरिएको छ । आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने सरकारले लक्ष्य लिएको छ । नेपाल पत्रकार महासंघका सदस्य पत्रकारलाई परिचयपत्रका आधारमा सरकारी स्वास्थ्य संस्थामा सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ । त्यस्तै, सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Close