विश्वसमाचार

चीनको वुहानमा ११ सातापछि खुल्यो लकडाउन

Spread the love

चैत २६ , बेइजिङ । चीनको वुहानमा कोरोना भाइसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप लगाइएको लकडाउन ११ सातापछि  खुला गरिएको छ ।

लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तव्यसम्म जाने तयारीमा जुटेका छन् ।

२३ जनवरीमा जारी गरिएको लकडाउन चीनमा मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेपछिको अर्को दिन ८ अप्रिलमा वुहानमा लकडाउन खुला गरिएको हो ।

वुहानमा मात्रै कोरोना भाइरसका कारण २५ सय भन्दा बढीको मृत्यु भएको थियो भने ५० हजार भन्दा बढी संक्रमित भएका थिए । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहान ७६औँ दिनमा लकडाउनमुक्त भएको हो ।

आजदेखि मानिसहरुलाई सार्वजनिक यातायातमा आवतजावत गर्न खुला गरिएको छ भने बन्द रहेका उद्योग-व्यापारहरुसमेत खुला गरिएका छन् । वुहानबाट आज करिब २०० उडान हुने तालिका रहेको जनाइएको छ । बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रुले रेलमार्फत वुहान सहर छोड्ने अनुमान गरिएको छ।

Related Articles

Check Also
Close
Back to top button