समाचार

सार्वजनिक यातायातमा ट्याप टु पे सिस्टम लागु हुनेः प्रमुख जिसी

Spread the love

पोखरा, २८ कार्तिक पोखरा महानगरपालिकाका प्रमुख मान ब. जिसिले पोखरा महानगरमा सार्वजनिक यातायातमा ट्याप टु पे सिस्टम लागु गरिने वताएका छन । वेगनासताल पोखरा यातायात प्रालिको २७ औं वार्षिक साधारण सभा एवं प्रथम अधिवेशनको उद्घाटन गर्दै मेयर जिसिले यस्तो वताएका हुन । उनले यो सिस्टम लागु गरेको खण्डमा सार्वजनिक यातायातलाई व्यवस्थीत एवं मर्यादित बनाउन सकिने वताए । महानगर संधै व्यवसायीको पक्षमा रहेको वताउँदै सार्वजनिक यातायातलाई चुस्त दुरुस्त र सम्मानित बनाउनुका साथै जनतालाई अपनत्वको महशुस हुने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । राज्यले अब सार्बजनिक यातायात सञ्चालन गरेर नबस्ने र बस्न नहुने वताउँदै मेयर जिसिले व्यवसायीका अनुभव र राज्यको सहयोगमा प्राधिकरण मार्फत यातायात सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
व्यवसायीले विद्यार्थी एवं ज्येष्ठ नागरीकलाई छुट दिनुपरेको गुनासोप्रति ईगित गर्दै जिसिले त्यो सुविधा राज्यको तर्फबाट भएको वताउँदै व्यवसायीले त्यसबापत पाउनुपर्ने अनुदान वा क्षतिपुर्ति राज्यसँग माग्नुपर्नेमा हतार हतार सम्झौता गरेको आरोप लगाए ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफु पनि कुनैबेलाको यातायात व्यवसायी भएको अनुभव व्यक्त गर्दै जनमानसमा व्यवसायप्रितिको दृष्टिकोण बदल्न सक्नुपर्ने वताए । उनले व्यवसायमा ई टिकेटिङको सिस्टम लागु गर्न सके सार्वजनिक यातायात व्यवस्थस्थीत एवं मर्यादित हुनुका साथै व्यवसायीहरुलाई परिरहने मर्का कम गर्न सकिने वताए ।
वेगनासताल पोखरा यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद ढुगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,पृथ्वीराजमार्ग यातायात प्रा लिका अध्यक्ष योगेन्द्र के सी,नेपाल यातायात राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बराल, नेपाल यातायात राष्ट्रिय महासंघ कास्की समोन्वय समितिका अध्यक्ष केदार पौडेल र कास्की समोन्वय समितिका महासचिव अमृत तिमिल्सेना लगाएतले यातायात ब्यवसायीका समास्य र गुनासो प्रति राज्य उत्तरदायी नभएको आरोप लगाएका थिए । सो कार्यक्रमको संचालन प्रा लीका सचिव बुद्धि प्रसाद सुबेदीले गरेका थिए । प्रालिमा एक सय ११ बसका ब्यवसायीहरु आवद्ध रहेका छन् ।

Related Articles

Close