विश्व

उत्तर कोरियाद्वारा तीन अमेरिकी नागरिक रिहा

Spread the love

प्योङयाङ, वैशाख २७
उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई हिरासतमुक्त गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकी नागरिक घर फर्कदैछन् ।उत्तर कोरियाले राज्य विरोधी गतिविधि गरेको भन्दै किम हाक सङ, किम साङ डुक तथा किम दोङ चुललाई हिरासतमा लिएको थियो । उनीहरुलाई श्रम शिविरमा समेत राखिएको थियो ।

तीमध्ये दुईजना सन् २०१७ मा पक्राउ परेका तथा अर्का एकजना १८ महिनाअघि नियन्त्रणमा लिइएका हुन् । उत्तर कोरियाको यो कदम अमेरिकी राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको ऐतिहासिक शिखर बैठकपूर्वको एउटा सद्भावपूर्ण संकेत मानिएको छ । हिरासतमुक्त गरिएका उनीहरु अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगै अमेरिका फर्कने ट्रम्पले बताएका छन् । बिहीबार बिहानै एन्ड्रुज हवाई अड्डामा उनीहरुको स्वागत गरिने पनि ट्रम्पले उल्लेख गरेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओ भने ट्रम्प र किमबीच हुने आसन्न शिखर बैठकको प्रबन्ध मिलाउन उत्तर कोरिया गएका हुन् । ट्रम्पले विदेशमन्त्री पोम्पेओ र उत्तर कोरियाली नेता किमबीच भएको बैठक राम्रो भएको उल्लेख गर्दै किमसँग हुने प्रत्यक्ष वार्ताको स्थान तथा समय पनि तय गरिएको बताएका छन् । यद्यपि, त्यसबारे थप जानकारी भने दिइएको छैन ।

Related Articles

Back to top button