विश्व

क्यानडाले आङ सान सुकीलाई दिइएको मानार्थ नागरिकता खोस्यो

Spread the love

असोज १४
क्यानडाको संसदले म्यानमारको नेता आङ सान सुकीलाई दिइएको नागरिकता फिर्ता लिने सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । म्यानमारमा चलिरहेको रोहिंग्या संकटको पृष्ठभूमिमा यो कदम उठाइएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ सान सुकीलाई क्यानडाको संसदले सन् २००७ मा मानार्थ नागरिकता दिइएको थियो । अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायबिरुद्ध म्यानमारको सेनाले गरेको अत्याचारमा मौनता साधेको कारण सुकी पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा निक्कै आलोचित भएकी छिन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा म्यानमारमा सैन्य कारबाहीको निन्दा गर्न पनि दबाव थियो तर उनले यो मुद्धामा केही बोलिनन् । क्यानडाले अघिल्लो हप्ता रोहिंग्या दमनलाई ‘नरसंहार’ घोषित गरेको थियो ।

Related Articles

Close