अर्थ खबरसमाचार

चक्रदेवी बहुउद्धेशीय दुग्ध उत्पादक सहकारीको अध्यक्षमा पून बञ्जरा

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, साउन ३२ ।
चक्रदेवी बहुउद्धेश्यीय दुग्ध उत्पादन सहकारीको संस्था लि.को २२ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले अध्यक्षमा पून अर्जुन बञ्जरालाई चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको उपाध्यक्षमा वृहस्पति ढकाल रहेका छन् भने सदस्यहरुमा अनन्त कंडेल, त्रिलोचन लामिछाने, पद्म राज ढकाल, नवराज अधिकारी,दुर्गा खनाल, सूर्यकुमारी बजगाइ, शोभा सर्मा न्यौपाने रहेका छन् । यसै गरी लेखा समितिको संयोजकमा केशव राज तिवारी र सदस्यहरुमा इन्दिरा वास्तोला र गोपाल कंडेल रहेका छन् ।

यस अघि प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले प्रत्येक किसानले राज्यबाट पाउने सेवा सुविधाको सहि रुपमा सदुपयोग गर्न आग्रह गर्दै सहकारीको विकासका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै गरी वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुर थापा, जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, वडा नं.३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, वडा नं.३० का वडा सदस्य सोमलाल कंडेल,पशु सेवा केन्द्रका प्रमुख ठगेन्द्र प्रसाद अर्याल, पोखरा महानगर पशु सेवा महाशाखाका प्रम्ुख शिव वाग्ले, प्रधानमन्त्री कृषि परियोजना सुपर जोनका अध्यक्ष कृष्ण तिवारी, निर्वाचन संयोजक डिल्लिरमण तिवारी, साना किसान कृषि सहकारी वेगनासतालका अध्यक्ष सोमलाल तिवारी, पूवृ अध्यक्ष हिमलाल तिवारी लगाएतले सदस्य केन्द्रित भएर समय सन्दर्भ अनुसार सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिंदै शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीका उपाध्यक्ष वृहस्पती ढकालले स्वागत गरेको कार्यक्रममा लेखा संयोजक शेभा शर्मा न्यौपानेको आर्थिक प्रतिवेदन , अध्यक्ष अर्जुन बञ्जराको प्रतिवेदन, व्यवस्थापक इन्द्र प्रसाद तिवारीको प्रतिवेदन, बचत तथा ऋण उपसमितिका संयोजक त्रिलोचन लामिछानेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो भने उत्कृष्ट किसानका रुपमा विष्णु प्रसाद लामिछानेलाइ प्रथम, रघुनाथ भुर्तेललाइ द्धितिय, नवारज अधिकारीलाइ तृतिय र टुल प्रसाद पुवाली, प्रेम राज खनाल, चिरिजिञ्जिवी पौडेल, बुद्धिमायाँ ढकाल, शिव देवी खनाल र रामजी वास्तोलालाइ सान्त्वना पुरस्कार समेत प्रदान गरिएको थियो । यसै गरी नेष्ठ नागरी सरस्वती तिवारी, धनशोभा गुरुङलाइ समेत सम्मान गरिएको थियो । शेयर सदस्यका छोरा छोरी मध्ये एस इ इ मा उत्कृतट ग्रेड हासिल गर्ने सुयोग भण्ढारी र विनिता कंडेललाइ सम्मान गरिएको थियो । कार्यक्रम सन्चालन सदस्य अनन्त कंडेलले गरेका थिए भने सहकारीका अध्यक्ष अर्जुन बञ्जराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पोखरा महानगरपालिका वडा नं.२८, ३० र ३१ कार्य क्षेत्र रहेको सहकारीमा ३७८ सेयर सदस्य कायम रहेका छन् ।

Related Articles

Check Also

Close
Close