समाचार

पोखरामा चम्ल्याहा शिशुको जन्म

Spread the love

२ माघ, पोखरा ।
पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया एक महिलाले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्माएकी हुन् ।

उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन । मणिपल हस्पिटलमा बिहीबार तीन छोरी र एक छोरा जन्माएको उनको सल्यक्रियामा संलग्न डाक्टर डा। महेन्द्र पाण्डे जानकारी दिए ।

उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोश्रो १.३ किलो ग्रामको छोरा, तेश्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन् ।

हाल ति सबै शिशुको स्वास्थ्य अवस्था सामान्य छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ ।

मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेरका थिए । चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

Related Articles

Close