समाचार

चण्डी माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव

Spread the love

पोखरा, १३ माघ ।
चण्डी माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।पोखरा महानगरपालिका वडा नं ३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा ५७ औं अभिभावक दिवस समारोहको उद्घाटन गर्दै सांसद थापाले समय सापेक्ष पा्रविधिक शिक्षाको प्राथमिकतामा जोड दिएका हन् ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले विद्यार्थी, अभिभावक र विद्यालय एकजुट भए मात्रै सामूदायिक विद्यालय अघि बढ्ने वताए ।पोखरा महानगरपालिका वडा नं ३३ वरपाण्डेथुम स्रोतकेन्द्रका स्रोतव्यक्ति हेमराज आचार्यले समयको गतिसँगै प्रविधिमैत्री शिक्षा आवश्यक भएको बताउँदै त्यसका लागि प्रत्येक शिक्षकले आँफुलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिए । विविध सास्कृतिक कार्यक्रम , अभिभावक खेल र गत शैिक्षक सत्रका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरिएको कार्यक्रमा प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको समग्र अवस्था प्रकाश पार्दै विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउनेतर्फ सबैको सामूहिक प्रयास हुनुपर्ने वताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदन कुमार महतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रामचन्द्र पौडेल, विद्यालयका पूर्व विद्यार्थी एवम् गोगन मा वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, कालिका मावि का प्रतिनिधि नारायण चापागाई लगायतले विद्यालयले कास्की दक्षिणभेगको शैक्षिक विकासमा खेलेको भूमिका बारे चर्चा गरेका थिए । कार्यक्रमको संचालन शिक्षक सन्तोष लामिछाने र कमल पोडेलले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक अभिभावक संघका अध्यक्ष कमलप्रसाद पौडेलले गरेका थिए ।

Related Articles

Close