अन्य

११ जना व्यापारीलाई पक्राउ गरी थुनामा राखेकोप्रति चेम्बरको विरोध

Spread the love

काठमाडौं, कात्तिक २२ । अनुगमनका नाममा सरकारले व्यापारीहरुमा त्रास फैलाएको भन्दै नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

चेम्बरले बुधार एक विज्ञप्ति जारी गरी स्थानीय प्रशासनबाट हालैमात्र राजधानीको दरबारमार्गका ११ जना व्यापारीलाई पक्राउ गरी थुनामा राखेकोप्रति विरोध जनाएको हो ।

कालोबजार ऐनका नाममा व्यापारीहरुलाई थुनामा राखेर कारबाही गर्नु कुनैपनि सन्दर्भमा न्यायोचित नरहेको चेम्बरको भनाइ छ ।

संसारभर खुला बजार अर्थतन्त्रको आधारमा बजार चलिरहेको भन्दै यस्ता घटनाप्रति चेम्बरले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

‘व्यवसायीले कुनैपनि व्यवसाय सुरु गर्नुभन्दा पहिला नै दर्ता गरेर आयकर, मूल्य अभिवृद्धि कर भ्याट, अन्तःशुल्कलगायतका कर तिरेर व्यवसाय चलाइरहेका हुन्छन् । यसकारण व्यवसायीको मर्यादा तथा साखलाई हलुका तवरले लिन नहुने’ चेम्बरले जनाएको छ ।

यथाशीघ्र दरबारमार्गको मुद्दा टुंगोमा पुग्नु जरुरी रहेको भन्दै व्यापारीलाई थुनामुक्त गरी निष्पक्षरुपमा कारबाही प्रक्रिया अगाडि बढाउन चेम्बरले सकारलाई आग्रह गरेको छ ।

स्वस्थ प्रतिस्पर्धी र उपभोक्तामैत्री बजार सिर्जना गर्न सरकार र निजी क्षेत्रको संयुक्त कार्यदलबाट बजार अनुगमनको प्रणाली तयार गरी अघि बढ्नुपर्ने उसको माग छ ।

Related Articles

Back to top button