अर्थ खबर

क्षत्रशत्ति सहकारीद्धारा नेतृत्व विकास तालिम

Spread the love

लेखनाथ, २४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ मा रहेको क्षत्रशत्ति बचत तथा ऋण सहकारी सस्थाले आफनो महिला सेयर सदस्यहरुका लागि तिन दिन सशत्तिकरण तथा नेतृत्व विकास तालिम संचालन गरेको छ । महिलाहरुको सिप तथा क्षमता अभिबृद्धिमा सहयोग पुग्ने गरि आफना सेयर सदस्यहरुका लागि आयोजना गरेको तालिमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले सहकारीहरु सामाजिक क्षेत्रमा उत्तरदाई हुदै सेयर सदस्यलाई ब्यवासय उन्मुख बनाउनु पर्ने सुझाव राखेका थिए । महिलामा भएको अन्तरनिहीत क्षेमता बाहिर देखाउन नसक्दा महिला बर्गहरु पछि परेको विचार राख्दै अध्यक्ष भण्डारीले तालिममा सिकेका कुरालाई बास्तविक जिबनमा उतार्दै समाज परिबर्तनका लागि नेतृत्वमा पुगेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले सिप र ज्ञान विना कोही गर्न नसकिने भएकाले तालिम लिईसके पछि सिकेका कुरालाई ब्यवहारमा उतारेर समाजीक क्षेत्रको विकासका लागि केही गरेर देखाउनु पर्ने धारणा राखेका थिए । क्षत्रशत्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ईन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थाका सचिव सुकवहादुर तिमिल्सेनाले संचालन र कार्यक्रम संयोजक ईन्दिरा रोक्काले स्वागत मन्तव्य राखेकी थिईन । जेठ २६ गते सम्म चल्ने तालिममा अधिबक्ता तथा संचारकर्मी दुर्गा भण्डारीले सहजिकरण गरेकी थिईन ।

Related Articles

Close