समाचार

सुदुरपश्चिमका कुखुरा पालक किसानलाई दश दिनमा कराडौँको नोक्सानी

Spread the love

काठमाडौं, चैत्र २६ः कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा ब्रोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् ।

कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर सङ्घीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ ।

सुदूरपश्चिममा दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो भने प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो । ह्याचरीले दुई हप्तामा एक करोड रुपैया नोक्सानी व्यहोरिसकेका छन् ।

दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक ८० लाख रुपैया बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ ।

Related Articles

Close