समाचार

चीन भ्रमणको उद्धेश्य पूरा भएको प्रधानमन्त्री ओलीको दाबी

Spread the love

काठमाण्डौ , असार १२,
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको उद्धेश्य पूरा भएको दावी गर्नुभएको छ । प्रतिनिधिसभालाई आज भ्रमणबारे जानकारी दिदै उहाँले चीन भ्रमण, चिनियाँ पक्षसँग भएका सम्झौता र सहमतिले सम्बृद्ध नेपाल निर्माणका लागि मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । चीन भ्रमणमा जानु अघि संसदलाई सम्बोधन गर्दै आफुले प्रस्तुत गरेका सवै उद्धेश्य पुरा भएको जानकारी उहाँले गराउनुभयो ।
चिनियाँ नेतृत्वसँग भएका सहमति र सम्झौताले सम्बृद्ध नेपाल र सुखी नेपालीको चाहाना पुरा हुने आधार तयार भएको उल्लेख गर्दै उहाँले सम्बृद्ध नेपाल निर्माण अभियानमा सहयोग गर्ने प्रतिवद्धता चिनियाँ पक्षबाट आएको जानकारी दिनुभयो । चीन भ्रमणका क्रममा रेल मार्ग, सडक सञ्जाल, ऊर्जा, जलस्रोत। सञ्चार क्षेत्रमा उल्लेख्य सहमति भएको बताउदै प्रधानमन्त्री ओलीले चीन र नेपालबीच भएका सहमतिले दुई देशबीचको सम्बन्ध थप उचाईंमा र्पुयाउन मद्दत पुग्ने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले चीन जानु अघि समेत भ्रमण एजेण्डाबारे सदनलाई जानकारी गराउनुभएको थियो ।
यसैबीच, विनियोजन विधेयक अन्तरगत आज राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि विनियोजित शीर्षकमा अहिले छलफल भईरहेको छ । यो छलफलसँगै विनियोजन विधेयकमाथि धारणा राख्ने क्रम सकिने र सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सचिवालयले जनाएको छ ।

Related Articles

Back to top button