विश्वसमाचार

चीनका पूर्व-प्रधानमन्त्रीको निधन

Spread the love

साउन ८,  चीनको राष्ट्रिय जन काङ्ग्रेस ९एनपिसी० स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङको निधन भएको छ। उनी ९१ वर्षको थिए। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति, चीनको राज्य परिषद्, चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनले मङ्गलबार एक विज्ञप्ति जारी गरी राज्य परिषद्‌का पूर्व प्रधानमन्त्री लीको मृत्यु भएको जानकारी गराइएको हो।

उनको सोमबार राति ११ बजेर ११ मिनेट जाँदा बेइजिङमा बुढ्यौलीसम्बन्धी रोगका कारण निधन भएको उल्लेख गरिएको छ। उनलाई चिनियाँ कम्युनिष्ट पार्टीको वरिष्ठ सदस्य, वफादार कम्युनिष्ट योद्धा, वरिष्ठ सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, पार्टी र देशका वरिष्ठ नेताका रूपमा चीनको विकासका लागि योगदान गरेको विज्ञप्तिमा जनाइएको छ।

लीले चिनियाँ कम्युनिष्ट पार्टीको बाह्रौँ केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय सचिवालयका सचिव, तेहौँ, चौधौँ र पन्ध्रौँ केन्द्रीय राजनीतिक ब्युरोका स्थायी सदस्य, राज्य परिषद्का पूर्व प्रधानमन्त्री, नवौँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष बनी गरेको योगदानको चिनियाँहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रशंसा गरेका छन्।

Related Articles

Close