समाचार

चितुवा मृत अवस्थामा फेला

Spread the love

लेखनाथ, २८ माघ ।
पोखरा महानगरपालिका वडा नं ३२, मालेपाटन र रुपा गाउँपालिका वडा नं. –५ को सिमाना आपुखोलामा पर्ने राजाको कुनाको झाँडीमा मंगलवार चितुवा मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी दिउसो ३ बजेको समयमा गाई बस्तु हेर्ने क्रममा गाई वस्तुले एक्कासी अस्वभाविक प्रतिकृया गरेपछि के होला भनेर हेर्न जाँदा मृत चितुवा भेटीएको स्थानीय किसान केदारनाथ अधिकारी र रामकृष्ण बसौला वताउछन् ।
भने मृत चितुवालाई साँझ मुचुल्का उठाई डिविजन वन कार्यालय कास्कीमा लगिएको र चितुवा कति उमेरको हो ? के कति कारणले मृत भएको हो ? भन्ने कुरा पोष्टमार्टम पश्चात पत्ता लाग्ने कास्की जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले जानकारी दिए ।
मृत चितुवा चितुवाको छावा हुन सक्ने र करिव एक वर्षको छावा हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । यस क्षेत्रमा चितुवाका आतङक वढे संगै मृत चितुवा हेर्नका लागि सर्वसाधारणको ओइरो लागेको छ ।
गत हप्ता विहिवार साँझ मात्र सोही स्थानमा पोखरा ३२, कोठे गाउँकी ९ वर्षिया पूजा वि.क.लाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो यस क्षेत्रमा चितुवाको आतक वढे सँगै स्थानीयवासी र वालवालिका चितुवाको आतक.वाट त्रसित वनेका छन् ।
उता तनहुँ जिल्लाका विभिन्न स्थानमा हाल सम्म ९ जना बालवालिकाले चितुवाको आक्रमणवाट ज्यान गुमाई सकेका छन् भने ७ ओटा चितुवा जिउदै खोरमा छोपीएको र समातिएका चितुवाहरुलाई देशका विभिन्न स्थानमा लगिएको े डिभिजन वन कार्यालय तनहुका अधिकृत केदार वरालले जानकारी दिए ।
समातिएका मध्ये चार ओटा चितुवालाई चितवन राष्ट्रिय निकुन्जमा पठाइएको छ भने एउटा रुपन्देही शंकर नगर प्राणी उद्यार केन्द्र, अर्को मणि मुकुन्दसने पार्क बुटवल र एउटा राप्ती शान्ति उद्यान तुलसीपुर दाङं पठाइए सकिएको छ ।

Related Articles

Close