समाचार

तनहुँमा फेरि चितुवाको आक्रमण, एक बालक घाइते

Spread the love

फाल्गुन २८, ।  तनहुँ  जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।

इते हुनेमा सोही स्थानका ९ वर्षीय अनुप कोइराला नेपाली रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी नायब निरीक्षक वीरेन्द्र खड्काले बताए ।

‘आमासँग छिमेकीको विवाह हेर्न जाने क्रममा चितुवाले अनुपमाथि आक्रमण गरेको हो’, उनले भने, ‘चितुवाले बालकको बायाँपट्टिको घाँटीमा आक्रमण गरेको र उनको अवस्था गम्भीर रहेको छ ।’

आक्रमणबाट घाइते बालकको डुम्रेस्थित मोति मेडिकलमा प्राथमिक उपचार पश्चात पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्लामा २ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ९ बालबालिकाको मृत्यु भइसकेको छ । यस्तै, चितुवाकै आक्रमणबाट ४ जना बालबालिका घाइते भएका छन् ।

Related Articles

Back to top button