समाचार

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

Spread the love

२७ जेठ,चितवन । चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको मृत्युु भएको हो।

 उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो  । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको अस्पतालले जानकारी दिएको छ।

  उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

Related Articles

Back to top button